तमु धि युके र सहारा युकेबाट ल्वाङ गाउको स्कुललाइ रु ४,९५,१२७,होमस्टेलाई रु ३,०६,५७०सहयोग

SHARE:

लन्डन २६ फेब्रुअरी २०२५ । तमु धीं यूके र सहारा यूकेबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ ल्वाङगाउँका स्कुल र होमस्टेलाई गरी ८ लाखभन्दा बढी सहयोग भएको छ ।

गाउँगाउँमा पर्यटन प्रवर्द्धनका लागि नेपाल भ्रमणका क्रममा १३ फेब्रुअरीमा ल्वाङ पुगेको तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङसहितको टोलीले बाराही आधारभूत विद्यालयलाई ४ लाख ९५ हजार १२७ र ल्वाङ होमस्टेलाई ३ लाख ६ हजार ५७० सहयोग गरेको तमु धीं यूकेका सञ्चार सचिव एसके गुरुङले जानकारी दिए ।

बाराही आधारभूत विद्यालय ल्वाङलाई तमु धीं यूकेबाट १ लाख ५० हजार, सहारा यूके ५० हजार, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङबाट ५० हजार ६८५, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ र नन्द गुरुङले ५० हजार ५५५, तमु धीं यूके उपाध्यक्ष कमल गुरुङ र जयन्ती गुरुङ दम्पतीले ७७ हजार ७७७, निवर्तमान अध्यक्षहरु हरि गुरुङ र सन्ध्या गुरुङले ५५ हजार ५५५, पूर्वअध्यक्ष तथा एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ र सीता गुरुङ तथा छोरी सोनिया गुरुङको तर्फबाट ५० हजार ५५५ र एभरेस्ट टाइम्स यूकेबाट १० हजार सहयोग भएको मिडिया सेक्रेटरी गुरुङले बताए ।

मसैकु आमा समूहकी अध्यक्ष तथा बाराही आधारभूत स्कुल व्यवस्थापन समितिकी अध्यक्ष डम्मरकुमारी गुरुङले गाउँको स्कुल राम्रो हुन सके यहाँका नानीहरु शिक्षित हुने र शिक्षित समाज भएमा गाउँ र देशमा तीव्र गतिमा विकास हुने भनाइ राखिन् । कार्यक्रममा शिक्षक/शिक्षिका, विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो ।

ल्वाङगाउँमा पुग्दा तमु धीं यूके, सहारा यूके र नेपाल बुलेट हाउस बाइक राइडरको टोलीलाई स्थानीयले पञ्चेबाजा र फूलमालाले भव्य स्वागत गरेका थिए । होमस्टेका महिला र पुरुषले मौलिक भेषभूषामा सजिएर लामबद्ध हुँदै पाहुनालाई स्वागत गरेका थिए । उनीहरुलाई कोदोको सेलरोटी, वन तरुल तरकारी, खाजा खुवाइएको थियो । साँझ ल्वाङ गाउँबाट सांस्कृतिक कार्यक्रम सँगसँगै सम्पूर्ण पाहुनाहरुलाई मायाको चिनो र उपहार स्वरुप ल्वाङगाउँकै जैविक चियाबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा क्याप्टेन लक्ष गुरुङ, गोलमान गुरुङ (देउराली ट्राभल) ले पाहुनाहरुलाई गाउँको बारेमा विस्तृत रुपमा बताएका थिए । होमस्टेकी अध्यक्ष सुमित्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव सुजन गुरुङले गरेका थिए । वडा सदस्य अर्जुन परियारले स्वागत भाषण दिए । पाहुनालाई होमस्टेको आमा टोलीले खानापिनको व्यवस्थापन र होमस्टे सहसचिव दिपेन्द्रमान गुरुङले पाहुनाहरुको बसोबासको प्रबन्ध मिलाएका थिए ।

भ्रमण टोलीले ल्वाङगाउँको चियाबारी, बुद्धपार्क, श्री बाराही आधारभूत स्कुल, क्षेताक्यु मन्दिरको अवलोकन गरेको थियो । सोही अवसरमा सहारा युकेको सहयोगमा निर्मित ल्वाङ भिलेज बोर्ड पञ्चेबाजा घन्काउँदै गाउँलेहरुको बाक्लो उपस्थितिमा तमु धीं यूकेको अध्यक्ष जुमकाजी गुरुङ र सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले उद्घाटन गरेका थिए । त्यस क्रममा दुवै संस्थाका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो । बोर्डको मुनी सम्पूर्ण चन्दादाताहरुको नाम सिलालेखमा लेखिएको छ । पाहुनाहरुको स्वागतमा साँझ विद्यार्थी, होम्स्टेको आमा टोली, गाउँलेले साँस्कृतिक कार्यक्रम देखाएका थिए ।

कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, एनआरएन यूकेका अध्यक्ष तथा तमु धीं यूकेका पूर्वअध्यक्ष हितकाजी गुरुङ, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले ल्वाङ गाउँमा आउन पाउँदा अत्यन्तै खुसी लागेको बताए । कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङ, पर्यटन उद्योग वाणिज्य तथा उपभोकता हित संरक्षण निर्देशनालय प्रमुख नगेन्द्र पौडेललगायतको उपस्थिति थियो ।

 

सुरक्षा को  लागि भिडाबारि  प्रहरी चौकी  का प्रहरी हरु तैनाथ  गरिएको  थियो।  मेडिकल को लागि  हेल्थपोस्ट का स्वस्थ टोलि तयारी अबस्था मा राखिएको थियो।मेडिया  मा  रोधी  टी भी , तमु मै ता  र परिक्रमा   र अन्य थुप्रै च्यानल हरुमा  प्रत्यक्ष प्रसारणा गरिएको थियो।


भ्रमणका क्रममा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु गुरुङको रचनामा रहेको रोधी घरको आँगन भाग-४ को कौडा गीतको १४ फेब्रुअरीमा ल्वाङगाउँमै छायांकन गरिएको थियो । त्यसमा तमु धीं यूके र सहर यूकेको टोलीले पनि साथ दिएको थियो । उक्त म्युजिक भिडियो चाँडै बजारमा आउने जनाइएको छ ।

 

बेलायतबाट तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वको टोली, सहारा यूके अध्यक्ष कृष्ण गुरुङको टोली, हङकङबाट एनआरएनए आईसीसीका महिला सचिव राधिका गुरुङ, गुरुङ फिल्म एसोसिएसन हङकङकी अध्यक्ष माया गुरुङ (नायिका), मर्दीखोला समाज यूकेका निवर्तमान अध्यक्ष रक्षा गुरुङ र काठमाडौंबाट नवराज लामा, रमेश कार्की र उनको बाइक राइडर टोली, नेपालका कलाकारहरु राजन गुरुङ, आरके गुरुङ, मधु थापामगर, मोडेल चाहना राना मगर, जुना गुरुङ , गणेशमान घले, सुरज गुरुङ र रोधी संरक्षक गम गुरुङलगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!