बीसीसी युकेद्वारा सांसद गुरुङको स्वागत तथा सम्मान

SHARE:


लण्डन १४ मार्च २०२५ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा प्रतिनिधि सभाका सदस्य माननीय सांसद मान बहादुर गुरुङको स्वागत तथा सम्मान गरेको छ । गत शुक्रबार अल्डरसटस्थित गुम्बा परिसरमा माननीय सांसद गुरुङलाई स्वागत गरेको हो । त्यस्तै, उनलाई गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्ग, बीसीसी युकेका कार्यवाहक अध्यक्ष रोबिन गुरुङ, उपाध्यक्ष क्या. देब घले, आमा प्रमुख जगना गुरुङलगायत आमाहरुले खादा लगाई स्वागत गरेका थिए । गुरुङ कास्की क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद हुन् ।

कार्यक्रममा बीसीसी युकेका उपाध्यक्ष क्याप्टेन देब घलेले गुम्बा स्थापना, यसले दिदै आएको विभिन्न सेवाका बारेमा जानकारी गराएका थिए । त्यस्तै, सांसद गुरुङले गुम्बा दर्शन संगसंगै दीप प्रज्ज्वलन गरेका थिए । साथै, उनले बीसीसी युकेले विदेशी भूमिमा पनि आफ्नो भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धनमा पुर्याएको योगदानको प्रसंशा गर्दै धन्यवाद दिए ।

बीसीसी युकेका कार्यवाहक अध्यक्ष रोविन गुरुङले आफ्नो महत्वपूर्ण समयका बीच पनि गुम्बा भ्रमण गरिदिनु भएकोमा सांसद गुरुङप्रति धन्यवाद ज्ञापन गरे । सो अवसरमा तमु धिं युकेका पूर्व अध्यक्ष नन्द जंग गुरुङ, ज्ञाम गुरुङ, पत्रकार मिलन तमु, बीसीसी युकेका आमाहरुलगायत भक्तजनहरुको बिशेष उपस्थिति रहेको थियो ।

बीसीसी युकेका कार्यवाहक अध्यक्ष रोबिन गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रमलाई उपाध्यक्ष क्याप्टेन देब घलेले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!