स्याङ्जा समाज यूकेको आगामी २० जुनमा वार्षिक भेटघाट र समर बीबीक्यू हुने

SHARE:

लन्डन । स्याङ्जा समाज यूकेको आगामी २० जुनमा वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ हुने भएको छ ।

वार्षिक कार्यक्रम अनुसार फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा भेटघाट र समर बीबीक्यू कार्यक्रम हुन लागेको समाजकी अध्यक्ष रुपा गुरुङले जानकारी दिएकी छन् । कार्यक्रम मध्याह्न १२ देखि राति ९ बजेसम्म हुने छ ।

स्याङ्जा समाज यूकेको शनिबार २ मे मा बसेको बैठकले वार्षिक भेटघाट र समर बीबीक्यूलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लावासी तथा विभिन्न संघसंस्थालाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बीबीक्यू कार्यक्रमको प्रमुख संयोजकमा लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आले, संयोजकहरुमा वरिष्ठ उपाध्यक्ष भक्त दर्जी र उपाध्यक्ष भीम गुरुङ छन् ।

कार्यक्रमबारे थप जानकारी आवश्यक परेमा अध्यक्ष रुपा गुरुङ, उपाध्यक्षहरु भक्त दर्जी, भीमबहादुर गुरुङ, महासचिव यमबहादुर गुरुङ र आमा अध्यक्ष पार्वती गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

स्याङ्जा समाज यूके २०२० सालमा स्थापना भएको हो । अहिले रुपा गुरुङले तेस्रो कार्यसमितिको नेतृत्व गरिरहेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!