अप्रिल १२ मा जीआरएनसी यूकेले नेपाली नयाँ वर्ष मनाउने

SHARE:

लन्डन १८ मार्च २०२५ । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी)ले आगामी १२ अप्रिल २०२५ मा नेपाली नयाँ वर्ष मनाउने भएको छ ।

हरेक वर्ष मनाउँदै आएको नेपाली नयाँ वर्ष भव्य रूपमा मनाउने तयारी रहेको अध्यक्ष मान गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रम १२ अप्रिल साँझ ६ देखि ११ बजेसम्म एम्पायर हल अल्डरसटमा हुने छ ।

संस्थाले सन् २००३ देखि नै ख्यातिप्राप्त कलाकारका साथ नयाँ वर्ष मनाउने परम्परा सुरु गरेको थियो । अहिले पनि नेपालका चर्चित कलाकारसँगै स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । यसका साथै स्थानीय समाजसेवी, युवा उद्यमी व्यवसायी, राजनीतिज्ञसहित सबै क्षेत्रका व्यक्तित्वको उपस्थिति रहने जीआरएनसीले जनाएको छ ।

कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए । यूके र नेपालमा विपन्न बालबालिका, युवा र वृद्धहरूको सहायतामा खर्च हुनेछ ।

कार्यक्रममा उपस्थित भएर मनोरञ्जन लिन र हौसला बढाइदिन पनि जीआरएनसीले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!