
लन्डन २३ मार्च २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा फेरि प्रेम गाहामगर चयन भएका छन् ।
आइतबार भएको एकता महाधिवेशनबाट गाहामगरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । नयाँ कार्यसमितिका १९ मार्चमा भएको मनोनयन दर्ताका क्रममा सबै पदमा एकल उम्मेदवारी परेपछि सिंगो कार्यसमिति निर्विरोध भएको निर्वाचन समितिका सदस्यसचिव विश्वासदीप तिगेलाले घोषणा गरे ।
उपाध्यक्षहरुमा तीर्थ मल्ल (अनिल), डा ओसिन लिम्बु, धन तामाङ र झलक पुन, महासचिवमा जुरेन्द्र खजुम, सचिवद्वयमा कृष्णप्रसाद खतिवडा र धिरज राई, महिला सचिवमा जानुका राई, कोषाध्यक्ष अवेश राई र सहकोषाध्यक्षमा सुरेश केसी चयन भए ।
महिला संयोजक मणिकला गुरुङ र युवा संयोजक विशाल राई निर्विरोध भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा निकेस लिम्बु,एन्डीयाज राई, किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल, असल लिम्बु,निशान पन्धक, रञ्जन राजवंशी, कमलराज तामाङ, मेखसिङ गुरुङ, सोम श्रेष्ठ, दिवराज राई, अन्जिला लिम्बु, सलबहादुर गुरुङ, कुलप्रसाद कँडेल, विजय गुरुङ, त्रिप्रसाद पुन, प्रेम कोरङ्गी, कल्पना कन्डङ्वा चयन भए ।
एनआरएनए यूके आईसीसी सदस्यहरुमा लिला सेलिङ, ओमप्रसाद थापा, डा. बलराम ढकाल, शारदा गुरुङ, युवराज सिंह, कुमार थापा मगर, प्रवेश केसी, अमृत घले, फूलप्रसाद कँडेल र सिरीप्रसाद गुरुङ छानिएका छन् ।
निर्वाचन समितिमा संयोजक डा. भीम पुन, सदस्य सचिव विश्वासदीप तिगेला र सदस्यद्वय राजकुमार (आरके) त्रिपाठी र टेक बहादुर थापा थिए ।






