मिर्गौलापीडित कमला थापामगरलाई गुल्मी जिल्ला समाज यूकेको ४ लाख १६ हजार सहयोग

SHARE:

लन्डन ९ अप्रिल २०२५ । गुल्मी जिल्ला समाज यूकेले मिर्गौलापीडित एकल महिला कमला थापामगर खत्रीलाई आर्थिक सहयोग गरेको छ ।

गुल्मीको चन्द्रकोट ४ शान्तिपुरकी दुवै मिर्गौला बिग्रिएकी कमलालाई समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाको अगुवाइमा
बेलायतमा संकलन गरिएको चार लाख १६ हजार २० रुपैयाँ सहयोग मंगलबार हस्तान्तरण गरिएको हो । आर्थिक अभावका कारण कमलाको उपचारमा कठिनाइ भएपछि परिवारको आग्रहमा बेलायतमा आर्थिक संकलन गरिएको थियो।

कमलाको मेरुदण्डमा समेत समस्या रहेकाले कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा छ । सहयोग संकलन संयोजक एवम् समाजका संस्थापक अध्यक्ष काउछाले कमलाको सहयोगार्थ बेलायतमा आर्थिक संकलनमा सहयोग गर्ने समाजका अध्यक्ष रुद्र थापा, महासचिव महलाल घिमिरे र कार्यसमितिसहित सबै सहयोगदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।

समाजले पठाएको रकम काठमाडौंमा उपचाररत पीडितसम्म हस्तान्तरण गरिदिने रुपा राना र पिन्की रानालाई पनि उनले धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!