संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको वार्षिक साधारणसभा सम्पन्न

SHARE:

 

  • नगेन्द्र नेम्बाङ

लन्डन १५ अप्रिल २०२५। स‌ंघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

अल्डरसटमा शनिबार १२ अप्रिलमा नेपाल आदिवासी जनजाति महास‌ंघ यूकेका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पाको प्रमुख आतिथ्यतामा मञ्चको साधारणसभा भएको हो । सभालाई प्रमुख अतिथि र अध्यक्ष शर्मिला हुक्पा चोङ्बाङले दीप प्रज्वलन गर्दै सहिदहरुको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गरेका थिए ।

उपाध्यक्ष तारा याक्सोले स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी गराएका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष पर्शुराम राईले राखेका थिए । संस्थाको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन उपाध्यक्ष पेपराज कुरुम्बाङले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनलाई सभाले सर्वसम्मत पारित गरेको थियो ।

सभामा विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर रिटायर्ड योगेश राई, अतिथिहरुमा पाँचथर समाज सेवा यूकेकी अध्यक्ष शान्ति लिम्बु, नागरिक समाज युकेका अध्यक्ष छत्र वनेम, किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्षद्वय दीपेन्द्र याक्सो र सन्त हुक्पा चोङबाङ, सेवारो कलाकार संघ युकेकी अध्यक्ष इन्दु पङ्धाक लिम्बु, संघीय लिम्बुवान सामाजिक मञ्च आसफोर्ड शाखा अध्यक्ष प्रदीप आङ्बोहाङ र रेडिङ शाखा अध्यक्ष देवीराज साम्बाहाङ्फेको उपस्थिति रहेको थियो ।

सभाको शुभ अवसरमा खेसे तारा नेम्बाङलाई उपमहासचिव र तेजबहादुर चोङबाङ क्याक र भीम वनेमलाई केन्द्रीय सदस्यमा चयन गरिएको थियो।

सभामा उपस्थित सबैजना अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष शर्मिला याक्सो हुक्पा चोङबाङले संस्थाको गतिविधि, उपलब्धी प्रस्ट्याउँदै उपस्थित सबै अतिथि, सदस्यहरुलाई धन्यवाद दिँदै सभालाई समापन गरेका थिए ।

अध्यक्ष शर्मिलाको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभा महासचिव सुरेन्द्र थेवेले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!