सन्जय सिंजाली मगर
मगरात जोङ संस्थाले ३ दिने मगर ढुट भाषा लिपि प्रशिक्षण कार्यक्रम आयोजन गर्ने भएको छ । मगरात जोङ संस्थाले थालनि गरेको अभियानलाई रम्भा गाउँपालिका, पाल्पा को आर्थिक सहयोगमा सञ्चालन हुन लागेको हो ।
बिशेष गरि मगर भाषा लिपी लोप हुँदै जाने क्रममा रहेको र यसलाई पून जिवन्त राख्ने मगरात जोङले यो अभियान चलाएको संस्थाको उपाध्यक्ष तथा प्रबक्ता सुदिप काम्मु मगरले बताउँनु भयो । प्रशिक्षण कार्यक्रम गर्नु उद्धेश्य भनेको थोरै मात्रमा भएपनि मगर ढुट भित्रका लिपी चिन्न र बुझ्न अवसर मिल्नु हो त्यसकारण पनि सबैलाई सहभागी हुन् आवहान गर्नुभयो ।
यस अभियानका भाषा प्रशिक्षक मगर बौद्ध सेवा समाज, लुम्बिनी प्रदेशका उपाध्यक्ष नालन गाहा मगरले गर्नुहुनेछ । भाषा लिपी प्रशिक्षण कार्यक्रम भने बैशाख २१ देखि २३ गते सम्म चल्ने छ ।






