रम्भामा मगर भाषा अख्खालिपी तीन दिने प्रशिक्षण

SHARE:

संजय सिञ्जाली मगर
पाल्पा ९ मे २०२५ । पाल्पा जिल्लाको रम्भा गाउँपालिका–५ ताहुमा २१, २२ र २३ गते मगर भाषा अख्खालिपी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा मगरात जोङ संस्थाद्वारा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा मगर भाषा तथा लिपिको प्रयोग र संरक्षणबारे प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रमको समापनपछि मगर ढुट भाषा सिकाइसम्बन्धी अन्तरक्रिया पनि आयोजित गरिएको थियो । अन्तरक्रियाका क्रममा वक्ताहरूले मगर समुदायको संस्कार, संस्कृति र परम्परा जोगाउनुपर्ने आवश्यकता औंल्याएका थिए । उनीहरूले मगर जनसंख्या उल्लेखनीय भए तापनि सामुदायिक चेतना कमजोर रहेको टिप्पणी गरे।

गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले मगर भाषा संरक्षण आवश्यक रहेको उल्लेख गर्दै विद्यालयहरूमा मगर भाषाको पाठ्यक्रम पुर्‍याउने र भाषा सिकाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, मगरात जोङ संस्थाका अध्यक्षले मगर समुदाय व्यक्तिगत स्वार्थमा लागेको र समष्टिगत हितप्रति बेवास्ता गरेको आरोप लगाउँदै, अब राजनीतिक दलको पछाडि नलागी आफ्नो भाषा, संस्कार र संस्कृति जोगाउन जुट्नुपर्ने विचार राख्नुभयो। उहाँले “अब पार्टीको झोला बिसाएर आफ्नै जातिका लागि योगदान गर्नुपर्ने” भन्दै नयाँ पुस्तालाई मगर इतिहास हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, विशिष्ट अतिथि तथा केन्द्रीय सल्लाहकार पदम लामिछाने मगर, तथा अतिथिहरू क्या .विष्णुबहादुर काम्मु, खेमबहादुर सिन्जाली मगर, टोप जर्घा मगर, श्रीमान मस्राङी मगरको उपस्थिति रहेको थियो।

तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रम बौद्ध सेवा समाज, लुम्बिनी प्रदेशका उपाध्यक्ष नालन गाहा मगरले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम मगरात जोङ संस्थाका अध्यक्ष दीपक काम्मुको अध्यक्षतामा सम्पन्न भएको हो भने, सञ्चालन थर्क बहादुर दर्लामी मगरले गरेका थिए ।

कार्यक्रमको उद्घाटन संस्थाका उपाध्यक्ष तथा प्रवक्ता सुदिप काम्मु मगरको स्वागत मन्तव्यबाट गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!