मनोक्रान्तिका प्रणेता डा.योगी विकाशानन्द बेलायत भ्रमणका लागि नेपालबाट प्रस्थान

SHARE:


लन्डन २३ मे २०२५ । मनोक्रान्तिका प्रणेता डा.योगी विकाशानन्द र रेकी ग्रान्ड मास्टर कमलेश्वरी बेलायत भ्रमणका लागि नेपालबाट प्रस्थान गरेका छन् ।

मनोक्रान्ति टिम यूकेको निमन्त्रणामा गुरु डा.योगी विकाशानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरी र छोरा क्वान्टम संबुद्धसहित शुक्रबार बिहान बेलायतका लागि प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्नुअघि काठमाडौँ विश्वपरिवारद्वारा उनीहरुलाई बिदाई गरिएको थियो ।

मनोक्रान्ति टिम यूकेका संयोजक नगेन्द्रराज नेम्बाङ र मनोक्रान्ति टिम यूकेको स्पोन्सरसिपमा डा.योगी विकाशानन्द र कमलेश्वरी आउन लागेका हुन् । उनीहरुले बेलायतवासीहरुलाई मनोक्रान्ति शिक्षण/प्रशिक्षण दिनेछन् ।

२ हप्ताका लागि बेलायत आएका उनीहरुले मे २६ देखि ३० तारिखसम्म ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ प्रशिक्षण दिनेछन् । मनोक्रान्ति टीम यूकेको आयोजनामा हुने कुन्डलिनी योग र चक्र ध्यान, रेकी साधना कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!