मञ्जुल याक्थुम्बाको किरात इतिहास पुस्तक सार्वजनिक

SHARE:

ललितपुर । इतिहासविद् तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बाको ‘को हुन किरात र किरात लिम्बु ?के हो युमाधर्म ?’ पुस्तक सार्वजनिक भएको छ । शताब्दी पुरुष संस्कृविद् सत्यमोहन जोशीले ललितपुरमा सार्वजनिक गरेका हुन् ।

उमेरले ८४ वर्षीय इतिहासविद् याक्थुम्बाले प्रस्तुत पुस्तकमा प्राचीन किरात जाति, किरात युग, महाकिरात जाति, किरातबारे पश्चिमा लेखक र पूर्वीय लेखकहरुको मत, नेपालका इतिहासकारको मत, किरातबारे हिन्दुधर्म ग्रन्थहरुमा वर्णन समेटेका छन् । त्यसैगरी किरात धर्म र युमा धर्म, किरातलिपि, किरात लिम्बु, लिम्बु र लिम्बुवान, न्याय निसाफको थिति, अक्वामा मुन्धुम, सिलाम साक्मालगायत शीर्षकमा विस्तृत चर्चा गरिएको छ । याक्थुम्बाको यो चौथो कृति हो । याक्थुम्बाको यसअघि ‘मौलिक किरात धर्म संस्कार’, ‘किरात तीर्थस्थल सानो हात्तिवन’ र ‘मुन्धुम र मिथकहरु’ कृति प्रकाशित छन् ।

पुस्तक सार्वजनिक गर्दै शताब्दी पुरुष जोशीले पुस्तकको आवरणमा समेटिएको मूर्तिकला प्राचीन किरातको भएको उल्लेख गर्दै किरातकालीन इतिहासको खोजी हुन नसकेको बताए । ‘पाटनको मंगलबजार मध्यभागमा अझै किरात राजा पटुकोको दरबारको अवशेष बाँकी छ,’ नेवार ज्यापुलगायत किरात भएको उल्लेख गर्दै जोशीले भने, ‘नेवार समुदायले अहिले पनि शासक पटुकोको पूजा अति सम्मानका साथ गर्दछन् ।’

त्यसैगरी पुस्तकबारे बैरागी काइ“ला, रामचन्द्र राई रुपाबुङ, भाषाशास्त्री नोवलकिशोर राई, डा. कृष्ण भट्टचन, डा. चन्द्रकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बुलगायतले बोलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!