महँगो दसैं, बजार भाउ नियन्त्रण गर्न निर्देशन

SHARE:

काठमाडौं । प्राकृतिक रुपमा मौसम पनि सुन्दर देखिँदै गएको छ । भत्भत्ती पोल्ने तातो विस्तारै सेलाउन थालेको छ । हिलोमैलो हटेको छ । खेतका फाँटहरुमा लहलह धानका बाला झुल्न थालेको छ । करेसा बारीहरुमा सयपत्री र मखमलीका फूल फुल्न थालेको छ । सबैमा एक किसिमको खुशी छ । एक किसिमको उमंग छ । त्यसैले त अब दशैं आउन लागेको छ । दशैं नजिकिएको छ ।

दशैंका लागि अहिले विदेशबाट घर फर्कने होस वा जागिरका लागि शहर पसेकाहरु शहर बसेकाहरु होउन्, आफ्ना गाउँघर फर्कने तयारी गरिरहेका छन् । दशैंको किनमेलमा समेत सबै लागेका छन् । दशैंमा घर जानका लागि बस, जहाज वा अन्य यातायातका साधनहरुको खोजविन गर्नेहरु पनि छन् । समयमै छुट्टी पाउनेहरु शहरबाट घरतर्फ फर्कन थालिसकेका छन् । दशैंमा यातायात साधन होस वा दशैं बजार महंगो हुने गरेको गुनासो छँदैछ । सरकारले त्यसतको यथोचित व्यवस्था गर्न नसक्दा कालो बजारी गर्नेहरुको मनोबल उच्च बन्दै गएको समेत पाइएको छ ।

दश दिनमा ७ लाख बाहिरिए
काठमाडौका वषपार्कहरुमा मानिसहरुको चहलपहल निक्कै बढेको छ । गएको असोज ५ गतेबाट अग्रीम टिकट बुकिङ खोलिएको थियो तर व्यवसायीले पेट्रोलको मूल्य बढेसँगै भाडा बढाउनुपर्ने माग राखेपछि ९ गतेबाट पूर्ण रुपमा टिकट वितरण गरिएको थियो । महानगरीय ट्राफिक माहाशाखाका प्रवक्ता राजकुमार लम्सालले ५ गतेबाट १४ गते सम्ममा जम्मा ५७ हजार ८१ टिकट बुक भइसकेको बताए । उनले ५ गतेबाट १५ गते सम्ममा ८३ हजार १ सय ६ सवारी साधान सहित ६ लाख ६७ हजार ६ सय ९३ यात्रु उपत्यका भित्रएको र ८५ हजार ६ सय ९३ सबारी साधान सहित ७ लाख १५ हजार ८ सय ५० यात्रु उपत्यकाबाट बाहिरेको बताए ।

यतिबेला अधिकांश ठाउँको टिकट बुक भइसकेका कारण नया“ गाडीको व्यवस्था गर्नुपर्ने देखिएको व्यवसायीहरु बताउँछन् । काउन्टरमा यात्रुहरु खासै नआएको यातायात व्यवसायी जगदिस खड्काको भनाइ छ । उनले काउन्टरबाट १४ गतेसम्म १७ सय टिकट बुक भएको बताए । अर्का व्यवसायी राम घिमिरेले टिकट सकिएकाले केही दिनमा पुनः नया“ गाडी थप्न लागेको बताए ।

पूर्वको तुलनामा पश्चििमतर्फकोे टिकट छिटो सकिएको पाइन्छ । काठमाडौंबाट बझाङका लागि टिकट बुकिङ गर्न आएका धर्मराज उपाध्याय टिकट सकिएको भन्दै बाध्यभइ काठमाडौं बस्नुपर्ने अवस्था आएको बताउँछन् । यात्रुहरुको संख्या धेरै भएमा त्यसको अनुपातमा गाडी संख्या कम भएमा यातायात व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको समन्वयमा जुनसुकै रुटका गाडीलाई रुट फ्रि गराई यात्रुको सहजताका लागि सञ्चालन गर्ने ट्राफिक प्रहरी माहाशाखा प्रवक्ता लम्सालको भनाइ छ ।

चाडबाडका लागि सस्तो पसल
मिठो खाने र राम्रो लाउने पर्वका रुपमा दशैलाई हेरिन्छ । परापूर्व कालदेखि दशैमा ऋण लिएरै भएपनि मिठो खाने र राम्रो लगाउने चलन छ । चाडपर्वमा सरकारी संस्थानले सुपथ र सरल मूल्यमा उपभोक्तासम्म खाद्यान्न पु¥याउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् । दशै, तिहार र छठलाई केन्दि«त गर्दै असोज १२ गतेदेखि कार्तिक २७ सम्म देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएका हुन । काठमाडौमा खाद्य संस्थान आफैले चार वटा र अन्य डिलरहरु मार्फत चामल, गेडागुडी एवं पिठो सुपथ मूल्यमा उपलब्ध गराउने भएको छ । संस्थानले उपलब्ध गराएका सामग्रीमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्मको सहुलियत दिइएको खाद्य संस्थानका अञ्चल प्रमुख सुरेन्द्रराज बिष्टले बताए ।

साल्ट ट्रेडिङले देशैभर ३२ स्थानमा सुपथ मूल्य पसल संचलन गरेको छ । दैनिक उपभोग्य बस्तु नुन, दाल, चियापत्ती, तेल लगायतका सामग्रीको उपभोक्ताको सहजै पहुँच पु¥याउन काठमाडौमा आठ वटा पसल र चारवटा घुम्ती सेवा सञ्चालन गरेको साल्ट टे«डिङ लिमिटेडका बिभागीय प्रमुख ब्रिजेस झाले बताए ।

अन्य समय भन्दा चाडवाडको समयमा बजार मुल्य आकाशिने गर्दछ । बढी सामग्री खपत हुने चाडवाडको समयमा बजारमा हुने मूल्य बृद्धि हुँदा उपभोक्ताहरु मारमा पर्ने गरेका छन् । बजारमा कालोबजारी गर्नेहरुले मूल्यवृद्धि गरेकाले उपभोक्ताहरु चाडबाडको मुखमा चर्को मूल्य तिर्न बाध्य बनेको गुनासो समेत आइरहेका छन् ।

बजार भाउ नियन्त्रण गर्न निर्देशन
चाडपर्व नजिकिँदै गर्दा बजारमा सामानको बजार भाउ आकाशिएको छ । दिन प्रतिदिन बढ्दै गएको बजार भाउ नियन्त्रण गर्न सरकारको ध्यान जानसकेको छैन । आकाशिएको बजार भाउ नियन्त्रण गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसदको सार्वजनिक लेखा समितिले प्रतिकेजी चिनीको मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । चाडपर्वका बेला चिनीलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य बढाउने व्यापारीमाथि कडा कार्वाही गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकेजी चिनीको मूल्य ७० रुपैया तोक्ने निर्णय गरेको थियो । समितिले सरकारको सो निर्णयप्रति आपत्ति जनाउदै प्रधानमन्त्री केपी ओली र चिनी उद्योगीबीच केही समय अघि भएको सहमति अनुसार चिनीको मूल्य प्रतिकेजी ६३ रुपैया कायम गर्न रकारलाई कडा निर्देशन दिएको हो । समितिले उखु किसानको बक्यौता रकम १५ दिन भित्र उपलब्ध गराउन समेत सरकारलाई सचेत गराएको हो ।

बैठकले चिनीलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिका सम्बन्धमा छानवीन गरी समस्या समाधानका लागि सरकारलाई आवश्यक निर्देशन दिन उपसमिति गठन गरेको छ । सरकारलाई मूल्य वृद्धिका सन्दर्भका आवश्यक निर्देशन दिने गरी प्रतिवेदन तयार पार्न उपसमिति गठन गरिएको सभापति शाहको भनाइ छ । लेखराज भट्ट नेतृत्वको उपसमितिमा प्रेम आले, पार्वता डिसी चौधरी, चन्दा चौंधरी र प्रदिप यादव सदस्य रहेका छन् । उपसमितिलाई ७ दिन भित्र आफ्नो प्रतिवेदन समितिमा पेश गर्न कार्यादेश समेत दिइएको छ ।

उपसमितिले चिनीलगायतका दैनिक उपभोग्य बस्तुको बजार मूल्य सम्बन्धमा विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ । बैठकमा समितिका सदस्यहरुले चिनीको मूल्य वृद्धि हुने गरी हुने आयातमा प्रतिबन्ध लगाइएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य प्रेम आलेले चिनीको मूल्य वृद्धि गर्नेमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरे ।

समितिका अर्का सदस्य राजेन्द्रकुमार केसीले मनपरी ढंगले मूल्य वृद्धि गर्ने व्यापारीलाई कार्वाहीको दायरामा ल्याउन समितिले कडा निगरानी राख्नुपर्ने तर्क गरे । उनले दसैं जस्तो चाडपर्वका बेला चिनीलगायतका अतिआवश्यकीय बस्तुको मूल्य बढाउदा पनि त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!