काठमाडौँ । सांसद हरिनारायण रौनियारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचारका मुद्दाप्रति संघीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ ।

साथै निलम्बन गरिएका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारमाथि सम्पूर्ण कारबाही फुकुवा गर्न माग गरेको छ । सांसद रौनियार पप्पु कन्स्ट्रक्सनको सञ्चालक नहुँदा पनि आयोगले पूर्वाग्रही भएर सांसद रौनियामाथि भ्रष्टाचारको मुद्दा चलाएको दावी गरेको फोरम नेपालले गरेको छ ।
कन्स्ट्रक्सनको सञ्चालक सांसद व्यक्ति नहुँदा नहुँदै रौनियारलाई आयोगले विगोको १९ करोड ३२ लाख २५ हजार ६९५ रुपियाँ विगो माग गरिएको छ भने कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पनि उत्तिकै विगो माग गरेको फोरम नेपालको दावी छ । अख्तियारले पूर्वाग्रही भएर मधेशका नेताविरुद्ध मुद्दा चलाएको पार्टीले आरोप लगाएको छ ।
कतिपय ठेक्केदार कम्पनीहरु काम नगरेर रकम दुरुपयोग गरेको प्रमाणहरु हुँदाहुँदै पनि अख्तियारले उनीहरुबिरुद्ध कारवाही नगरेर मधेशका नेताहरुलाई लक्षित गरी चरित्र हत्या गरेको आरोप लगाएको छ ।






