कर्णालीको अस्पतालका लागि हङकङका नेपालीहरुको २४ लाख सहयोग

SHARE:

पोखरा । कर्णालीको कालीकोटमा १५ शय्याको राजकोट सामुदायिक अस्पताल निर्माणको लागि हङकङका नेपालीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग रकम जुटाएका छन् ।
सहारा क्लब हङकङद्वारा आयोजित हाइकिङ कार्यक्रममा सहभागी दाताहरुले अस्पतालका लागि सहयोग रकम जुटाएका हुन् । क्लबले पोखरास्थित सहारा एकेडेमीको सहयोगार्थ आयोजना गरेको करिब ९ किलोमिटर लामो हाइकिङमा करिब ४ सय जना सहभागी थिए ।

हाइकिङमा बालबालिकादेखि ७० वर्षका वृद्धाहरु सहभागी थिए । उनीहरुले हाइकिङका लागि भन्दै प्रत्येक सहभागीले क्लबलाई हङकङ डलर २ सय ५० प्रदान गरेका थिए । ‘स्वास्थ्य नै धन हो’ भन्ने मुख्य नाराका साथ सुरु भएको अभियानमा क्लबले सहभागीहरुलाई जीवनबिमासहित एक–एक थान टिसर्ट तथा खानाको समेत प्रबन्ध गरेको थियो ।

कार्यक्रममा क्लबले मुख्य आकर्षक व्यक्तित्वका रुपमा नेपाली सञ्चारकर्मी रवि लामिछानेलाई निम्तो गरेको थियो । हाइकिङको हङकङका नेपाली महावाणिज्य दूत कमलप्रसाद भट्टराईले उद्घाटन गरेका थिए । हाइकिङमा चलचित्रका हङकङका चर्चित नायक ज्याकी हियङ चो लगायत हङकङका नेपाली विशिष्ट महानुभावको समेत सहभागिता थियो । उनीहरुले ९ किलोमिटर हाइकिङ (यात्रा) गरेका थिए ।

हाइकिङबाट बचत भएको रकम सहारा एकेडेमी पोखरा तथा कर्णालीको सामुदायिक अस्पतालका लागि प्रदान गरिने क्लबका उपाध्यक्ष बिल तामाङले बताए । क्लबका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहारा क्लबका सल्लाहकार तथा हङकङ तेक्वान्दो प्रमुख प्रशिक्षक तुलसी गुरुङ र क्लबका महासचिव कुमार गुरुङले सञ्चालन गरेका थिए ।

सेप्टेम्बर ३० मा अयोजित कार्यक्रमका लागि सञ्चारकर्मी लामिछानेले अन्तिम अवस्थामा आएर हङकङका लागि प्रवेशाज्ञा पाएका थिए । त्यस समयमा उनी कोरियामा रहेकाले भिसा पुर्‍याउन हङकङबाट कोरिया पुगेका थिए ।
हङकङ बसाईको क्रममा क्लबले डिनर नाइट, एनआरएन हङकङ संघ र नमोबुद्ध आमा समूहसँग सञ्चारकर्मी लामिछानेले भेटघाट तथा अन्तक्रियासमेत गरेका थिए ।

सो अवसरमा हङकङमा नेपालीहरुलाई अध्यागमन तथा नेपालीहरुको दोहोरो नागरिकताका सवालमा कुरा उठाइदिन सहभागीहरुले सञ्चारकर्मी लामिछानेलाई आग्रह गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!