सबैमा शुभकामना

SHARE:

नेपालमा सबैतिर दशैंको चटारो छ । विदेशमा बस्ने नेपालीहरुका लागि पनि कतिपयलाई दशैं लागेकै छ । दशैं भन्नासाथ सबैबीच एकापसमा भेटघाट गर्ने र सुखदुख साट्दै आशिर्वाद लिएर मनाउने चाड भनेर बुझ्ने गर्दछौं । दशैंमा लामो छुट्टी हुने भएकाले पनि दशैं राष्ट्रिय चाडका रुपमा स्थापित समेत हुँदै आएको छ । तर, एउटा चाडलाई मात्र राष्ट्रिय रुपमा मनाउनुपर्ने बाध्यताले अन्य चाडपर्वप्रति भने अन्याय परेको भन्दै चर्को आवाज उठाउनेहरु पनि नभएका भने होइनन् । यो स्थितिमा दशैं विवादमा छ भन्न सकिने स्थिति भने पक्कै पनि हो ।

दशैं चाडलाई असत्यमाथि सत्यको विजयको रुपमा लिने पनि गरिन्छ । यो चाडलाई उत्तिकै महत्वका साथ एकापसमा भेटघाट गर्ने, ठूला र मान्यजनसित आशिर्वाद लिने चलन पनि छ । यो सामाजिक रुपमा पक्कै पनि उदाहरणीय काम मान्न सकिन्छ । यो चलन विगतमा उचित नै थियो होला । तर अबको समयमा भने चार पाँच दिनसम्म टिका लगाएर आशिर्वाद लिँदै हिड्ने समय निकै कष्टकर बन्दै पनि गएको छ ।

विभिन्न प्रविधियुक्त समयका कारण पनि सामान्यत: भेटघाट छिनछिनमै हुने स्थिति छ । भौतिक रुपमा भेट नभएपनि प्रविधिले सबैलाई नजिक बनाएको छ । प्रायले लगाउन मन लागेका लुगा दशैं नै कुर्नु पर्दैन । खान मन लागेको मिठोमसिनोका लागि कुनै चाड कुर्न पर्दैन । त्यसैले पनि विगतमा जस्तो नयाँ लुगा लगाउनका लागि दशैं कुर्नुपर्ने, टन्न माछामासु खानका लागि दशैं नै आउनुपर्ने र टिको लगाएर लर्को लाग्दै दशैं मनाएर हिड्नुपर्ने स्थिति अहिले छैन । सेवा र यातायात सुविधाले अचेल भेटघाटका लागि पनि दशैं नै कुर्नुपर्ने स्थिति छैन । तर पनि हामी दशैंको मौका पारेर भेटघाट गर्ने गर्छौं । यो पक्ष त राम्रो नहुने कुरो भएन ।

कतिपयले दशैं अति भड्किलो रुपमा मनाउने समेत गरेका छन् । अझै पनि ऋण गरेर दशैं मान्नुपर्ने बाध्यता भएकाहरु पनि छन् । दशैं सबैका लागि खुशीको चाड बन्न सकेको छैन । देखासिखी भएकाले पनि बाध्यताको चाड जस्तो पनि बन्ने गरेका छन् । यो राम्रो पक्ष मान्न सकिन्न । देखासिखी गरेर अरुको जस्तै लगाउनुपर्ने, खसी ढाल्नैपर्ने जस्ता गतिविधिले पनि सबैलाई पिरोलेकै छ । त्यसैले पनि दशैं आफ्नो औकात अनुसारको चाडका रुपमा मनाउन सक्नुपर्छ । त्यसो गर्दा मात्र हामी खुशी हुनसक्छौं । अझ दशैं जस्ता चाडबाडमा खानपिनमा गम्भीर ध्यान दिन जरुरी छ । यो चाड मात्र होइन, सबै चाडलाई समान सम्मान र हैसियत दिँदै हर्षोल्लासका साथ मनाउन सक्नुपर्छ । सबैमा शुभकामना ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!