दुर्घटनामा तीनको मृत्यु

SHARE:

धादिङ । पृथ्वी राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै गरेको बा१ घ ५६५ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । मृतकमध्ये दुई जना मारुती भ्यानमा सवार र अर्का एक जना भने ट्याङ्करमा सवार यात्रु रहेको मुग्लिन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धादिङको कल्लेरी निवासी २५ वर्षीय चन्द्रबहादुर नेपाली र धादिङकै ११ वर्षीय रोशन गैरे र बेनीघाट रोराङ गाउँपालिका–५ निवासी विनोद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइते चार जनाको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताउनुभयो । दुवै सवारी एकापसमा ठक्कर ठोक्किँदा दूध बोक्ने ट्याङ्कर भने सडकबाट करीब १०० मिटर तल खसेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!