प्रधानमन्त्री भन्छन्, ‘अब ढुक्क हुनुहोस् । आउने वर्षमा ज्येष्ठ नागरिक भत्ता वृद्धि हुन्छ’

SHARE:

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको विश्वासलाई तलमाथि पर्न नदिने बताएका छन् । आफैंले आयोजना गरेको शुभकामना कार्यक्रमलाई बिहीबार झापाको विर्तामोडमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सरकारको सफलतासँग आफ्नो असफलता देख्नेहरुले विभिन्न हल्ला र जनतामा विचलन ल्याउन खोजे पनि आफू जनताका अपेक्षा र विस्वासलाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

चुनावका बेला पार्टीले ज्येष्ठ नागरिक भत्ता बढाउने प्रतिवद्धता गरे पनि अघिल्लो सरकारले राष्ट्रिय ढिकुटीको चरम दोहन गरेकोले बढाउन नसकिएको प्रधनमन्त्री ओलीको भनाइ छ । “अब ढुक्क हुनुहोस् । आउने वर्षमा ज्येष्ठ नागरिक भत्ता वृद्धि हुन्छ । हामीले राज्यको ढिकुटीलाई विस्तारै मजवुद बनाउँदैछौं ।”

प्रधानमन्त्री ओलीले सरकार देश विकासको कामलाई द्रुत गतिमा अघि बढाउन तल्लिन रहेको बताएका छन् । “धूलो नउड्ने सडक बनाउनका लागि पनि सडकमा धूलो उडाउनु पर्ने पर्दछ” प्रधानमन्त्री ओलीले भने “दुई वर्षभित्र काठमाडौंका सडक सफा भइसक्छन् ।”

प्रधानमन्त्री ओलीले समाज निर्माण र सञ्चालनमा चाडपर्वको महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपालको संयुक्त परिवार प्रणाली विश्वमै अनुपम रहेको र यसले आत्मियताको नमुना पेश गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हाम्रा चाडपर्वले आपसी द्वन्द्वलाई निस्तेज पारेर आपसी सद्ध्भाव कायम गरेका छन्” प्रधानमन्त्री ओलीले भने “चाडपर्वमा दिइने आशिषबाट थाहा हुन्छ कि पुर्खाका पालामा नै समृद्ध नेपाल र सुखी नेपालीको कामना गरिएको थियो । त्यो कामना वर्तमान सरकारले पुरा गर्छ ।”

यसअघि प्रधानमन्त्री ओलीले भद्रपुरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्रकाशन गरेको स्वर्ण महोत्सव स्मारिका विमोचन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!