बेलायतमा २७ जुलाईमा चलचित्र निर्माता तथा निर्देशक प्रितमको बिदाइ कार्यक्रम, उपस्थित हुन ओमेन्द्रको आग्रह

SHARE:

लन्डन २३ जुलाई २०२५ । बेलायतमा यही २७ जुलाई आइतबार चलचित्र निर्माता तथा निर्देशक प्रितम गुरुङको बिदाइ कार्यक्रम हुने भएको छ ।

‘मुख्या’ फिल्म प्रिमियर र नेपाल इन्डिजिनस फिल्म फेस्टिभलका लागि बेलायत आएका प्रितमको एम्पायर हल अल्डरसको पाँचौं तलामा बिदाइ कार्यक्रम हुने समाजसेवी तथा चलचित्र निर्माता ओमेन्द्र गुरुङले जानकराी दिएका छन् । उनले मुख्या फिल्मका निर्माता तथा निर्देशक प्रितमको बिदाइ र उनले बनाएका पातेंदेखि मुख्यासम्मको फिल्मी यात्रानुभवबारे अन्तरक्रिया हुने पनि बताए । साथै बेलायत भ्रमणमा रहेका गायिका पवित्रा गुरुङ र सविना गुरुङले सांगीतिक प्रस्तुति दिनेछन् भने चारघरे आमा समूहले नृत्य प्रस्तुत गर्नेछन् । कार्यक्रम दिउँसो ३ बजेदेखि हुनेछ ।

बिदाइ कार्यक्रममा सहभागी हुन बेलायतका सम्पूर्ण संघ संस्था, इस्टमित्र र शुभचिन्तकहरुलाई अनुरोध गरेका छन् । कार्यक्रममा सहभागीलाई १५ पाउन्ड शुल्क तोकिएको छ ।

प्रितम निफमा सहभागी हुन र आफ्नो फिल्म ‘मुख्या’को प्रमोसनका लागि यहाँ आएका हुन् । उनको चलचित्र अल्डरसटमा ११ जुलाईमा रेड कार्पेट शो भएको थियो । यस्तै चलचित्र मुख्या १३ जुलाईमा रिडिङ प्रदर्शन गरिएको थियो । मुख्या फिल्म, पारिवारिक कथामा बनेको सामाजिक चलचित्र हो । प्रितम गुरुङको लेखन, निर्माण, निर्देशनमा बनेको फिल्ममा टिकाराम घले, बिस्नु गुरुङ, रिया गुरुङ, सबिना गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङलगायत कलाकारको अभिनय रहेको छ । गणेश गुरुङको गीत, दीपक गुरुङको संगीतमा पबित्र गुरुङ, दीपक गुरुङको स्वर रहेको छ ।

चलचित्र प्रदर्शनको संयोजन समाजसेवी तथा तमुधीं यूकेका सल्लाहकार ओमेन्द्र गुरुङले गरेका छन् । प्रितमले नेपाल इन्डिजिनस फिल्म फेस्टिभल २०२५ मा ‘बेस्ट डाइरेक्टर’अवार्ड जितेका छन् । प्रितमले शनिबार १९ जुलाईमा नेपाल स्कटल्यान्ड एसोसिएसनद्वारा आयोजित समारोहमा यो अवार्ड हालै रिलिज भएको आफ्नो ५० औं फिल्म ‘मुख्या’बाट जितेका हुन् ।

प्रितम चलचित्र प्रदर्शनका लागि ३ जुलाई राति बेलायत आएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!