कस-कसबाट थापे राष्ट्रपति र प्रधानमन्त्रीले टीका

SHARE:

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले विजयादशमीको अवसरमा शुक्रबार बिहान शुभसाइतमा टीका ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा आमाको हातबाट शितलनिवासमा शुक्रबार टीका तथा जमरा ग्रहण गर्दै । तस्वीर : रत्न श्रेष्ठ, रासस

राष्ट्रपति भण्डारीले बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरिन्। राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन्।

Yamaha

स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गरेका थिए। शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा हनुमानढोका दशैँ घरका मूल पुजारी देवराज अर्यालको हातबाट शितलनिवासमा शुक्रबार टीका ग्रहण गर्दै । तस्वीर : रत्न श्रेष्ठ, रासस

राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गरिन्।

त्यसअघि राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा गरेकी थिइन्। राष्ट्रपति भवनको प्रेक्षालयमा टीका मङ्गलटीकाको कार्यक्रम भइरहँदा नेपाली सेनाको एक टोलीले मन्द तर मधुर ध्वनिमा मङ्गलधुन बजाइएको थियो।

राष्ट्रपतिले आफ्ना पूजनीय माता मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गरिन्। साथै उनले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गरिन्। राष्ट्रपति भण्डारीले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवलाई टीका–जमरा लगाइदिइन्। उनले परिवारका अन्य सदस्यका साथै राष्ट्रपति कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई पनि टीका जमरा लगाइदिइन्।

प्रधानमन्त्रीद्वारा टीका ग्रहण
यसैबीच प्रधानमन्त्री केपी ओलीले पनि विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओली र राष्ट्रपति भण्डारीबाट टीका थापेका छन्। प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा पिता मोहनप्रसाद ओलीबाट टीका, जमरा र तिलक ग्रहण गरेका हुन् भन् दिउँसो राष्ट्रपतिबाट टीका ग्रहरण गरेका हुन्।

प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिनुभएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!