लन्डन २ अगस्ट २०२५ । नेपालका चर्चित गायक दीपक लिम्बूको बेलायतमा ‘म्युजिकल नाइट’ हुने भएको छ ।
ताप्लेजुङ यूके युवा समाज परोपकारी कोष सहयोगार्थ आगामी अगस्ट ९ मा आशफोर्डमा लाइभ ब्याण्डसहित गायक लिम्बूको ‘म्युजिकल नाइट’ हुने भएको हो । कार्यक्रम सेन्ट सिमोन स्टोक क्याथोलिक चर्च ब्रुकफिल्डमा आयोजना हुनेछ ।
सांगीतिक प्रस्तुति दिँदै गायक लिम्बुसँगै अन्य नेपाली कलाकारहरू पनि सहभागी हुनेछन् । कार्यक्रमले युकेमा बसोबास गर्ने नेपालीहरूलाई मातृभूमिको संगीतको स्वाद दिलाउने आयोजकको विश्वास छ ।






