बेलायत – तमु धिं यूकेको निमन्त्रणामा कुलमान घिसिङ बेलायत आइपुगेका छन्। उनलाई आगामी आइतवार २४ अगष्ट २०२५ का दिन तमु धिं युकेले आयोजन गरिएको “नेपाली मेला २०२५” को लागि विशेष अतिथिमा आमन्त्रण गरेको हो।
उज्यालोका नायक कुलमान घिसिङ सोमबार बिहान लन्डनको हिथ्रो विमानस्थलमा उत्रिएका छन। उनलाई तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङको टोलीले बेलायतमा न्यायो स्वागत गरेको छ ।
घिसिङको स्वागतमा तमुधिं युके उपाध्यक्ष तथा नेपाली मेला प्रमुख संयोजक कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, शाखा समितिका अध्याक्ष, पदाधिकारी र सल्लाहकारहरु विमानस्थल पुगेका छन ।
तमुधिं यूकेले आज सोमवार बेलुकी आफ्नै भवन मिचेटमा घिसिङको स्वागत तथा सम्मानमा एक रात्रीभोज आयोजना गरिएको छ ।
घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रहदा देशलाई लोडसेडिङमुक्त गराएका थिए।






