वाम नेताकै आरोप, ‘ओली–प्रचण्ड विसर्जनवादी हुन्’

SHARE:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ओली–प्रचण्ड विसर्जनवादी भएकाले अब वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष कट्टेलले ओली–प्रचण्ड कम्युनिष्ट नभएको दाबी गर्दै वैद्य र विप्लवसँग पार्टी एकता गर्ने खुलासा गरेका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा अध्यक्ष कट्टेलले वर्तमान सरकार दलाल पूँजिवादी बनेको आरोप लगाउँदै जनताले विकल्प खोजेको दाबी गरे । उनले भने,‘ओली–प्रचण्डजीहरु आफूलाई कम्युनिष्ट हौं भन्दै जनताका बीचमा जानुभयो, जनताले उहाँहरुलाई भोटपनि दिए । तर, ८ महिनामा दुईतिहाई सरकारका कामकारबाही जनताले हेरिसके । अबको विकल्पको रुपमा हामी उभिनेछौं, खासमा कम्युनिष्ट मुलधारमा आउनुपर्छ, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र म एक ठाउँमा उभिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर राख्नुपर्छ भन्नेमा छौं, हामी एक हुन्छौं ।’

उनले अघि थपे,‘गोरो मानिसलाई काले भनेर बनाउँदैमा कालो हुने, र कालाको मानिसलाई गोरे भनेर बोलाउँदैमा त्यो गोरो हुन्छ, भन्ने होईन, कम्युनिष्टको नाम बेचेर खानेहरुले होशियार हुनुपर्छ ।’ निर्वाचन आयोगले हिजोमात्रै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई आधिकारिक रुपमा नाम दिएको कुरा सञ्चार माध्ययममा सुनेको बताउँदै अध्यक्ष कट्टेलले आफूहरु त्यसको बिरुद्धमा अदालत जानेपनि जानकारी दिए ।

उनले भने,‘नाम फरक देखाउनको लागि ओली–प्रचण्डले कोष्ठभित्र (नेकपा) राख्नुभएको छ, त्यो सरासर गलत छ, यो जनतालाई भ्रममा पार्ने खेलपनि हो । जनता यसप्रति सजग हुनुपर्छ । निर्वाचन आयोगलेसमेत गल्ती गरेको छ, उहाँहरुले सत्ता र शक्तिको भरमा बलजफ्ती गर्न थाल्नुभएको छ, हामीले अदालतमा पनि बलजफ्ती गरेको भेट्यौं भने त्यसपछि बलजफ्तीको विकल्प हामीपनि अपनाउँछौं, जसले जति बल गर्नसक्छ सक्छ।’

उनले दल दर्तासम्बन्धी ऐनलाई धज्जी उडाउँदै सरकारी शक्तिको आधारमा कम्युनिष्ट सरकारको नाममा हेप्न खोजे राम्रो नहुने चेतावनी दिए । अध्यक्ष कट्टेलले अनुचित काममा हात नहाल्न प्रचण्ड–ओलीलाई समेत कडा चेतावनी दिएका छन् ।
उनले भने,‘सरकारी शक्तिको भरमा अनुचित कामहरु हुँदैछन्, त्यही अनुचित कामकाबिरुद्धमा हामी अदालत जान्छौं, सरकारी पत्रिका गोरखापत्रले लेख्छ (नेकपा) ले आधिकारिकता पायो, यस्तो पनि हुन्छ ? सञ्चारमाध्यायमहरुले पनि बुझ्नुपर्ने कुरा हो, कम्युनिष्टको कुनै विचार, आचरण, व्यवहार नभएको पार्टी हो, उ नेकपा होईन, संसदीय विर्सजनवाद र यथास्थितिवादी मानिसहरुको पार्टी हो, उसका कार्यशैली, कामहरु, ब्यवहारहरु, योजनाहरु, हेर्दा थाहा हुन्छ, उ दक्षिणपन्थी र बिर्सजनवादी बनिसकेको मान्छेहरुको झुण्ड हो ।’

नेपालको कम्युनिष्ट आन्दोलनले विर्सजनवादको बाटो ताक्दै गर्दा आन्दोलन भएको स्मरण गर्दै आफूहरुले कम्युनिष्ट आन्दोलनलाई जिवित राख्ने पनि उनको भनाई छ ।

उनले भने,‘ईतिहासमा धेरै भोगिएको छ, देखिएको छ, नेपालको कम्युनिष्ट आन्दोलनले जव उधोगति लिन्छ, त्यो बेला क्रान्ति हुन्छ, कुनैबेला प्रचण्डलाई हामीले महान क्रान्तिकारी नेता सम्झियौं, कुनैबेला ओलीलाई झापा विद्रोहका नायक सम्झियौं, तर अन्ततः उहाँहरु यथास्थितिवादीमा रुपान्तरण हुनुभयो, सरकारमा कम्युनिष्ट नामको पार्टीको सत्ता छ, वैज्ञानिक समाजवाद चाहिन्छ भन्न नपाउने स्थिति छ, नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मालाई झुटा मुद्दा लगाएर थुन्ने काम भयो, यो दुनियाँ हसाउने काम भयो, आज पार्टीको नामका बारेमा हुँदैछ, संसदवादको सारत्व पुँजीवाद नै हो, त्यसैले यस व्यवस्थामा पुगेका प्रचण्ड–अ‍ोलीहरु जनताका भावनाविपरित जाँदैछन् ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!