VJ Day मा BGWS र GRNC ले भाग लिने

SHARE:


  • चिम्खोले काईला – बेलायत।

British Gurkha Wefare Society (BGWS) र Greater Rushmoor Nepalese Cummunity (GRNC) ले सुक्रवार १५ अगष्ट २०२५ का दिन VJ Day मा भाग लिने भएको छ। VJ Day Rushmoor Borough Council (RBC) UK को आयोजनामा अल्डरसटको म्यानर पार्कमा मनाउन गैरहेको छ।

उक्त दिन RBC ले BGWS का अध्यक्ष मेजर टिकेन्द्रदल देवान JP लाई वक्ताको रुपमा आमन्त्रण गरेको छ भने BGWS का सदस्यहरु परेडमा भाग लिने जानकारी अध्यक्ष देवान JP ले दिएका छन्।

सो परेडमा BGWS ले पहिलो पटक आफ्नो मानक झन्डा (Standard Flag) लिएर परेडमा सामेल हुने भएको छ। त्यस्तै GRNC ले पनि उक्त परेडमा लिने संयोजक तथा उपाध्यक्ष उत्तर बहादुर गुरुङले जानकारी दिएका छन्।

ओम थापा काउचाले BGWS को Standard Flag लिएर परेडमा सामेल हुने छन भने बिर बलालले सहयोग गाड़ने छन

RBC ले परेडको समयतालिका यस प्रकार राखिएको छ:
2015 hrs Music Arrival
2040 hrs Welcome Speech
2100 hrs parade Commences
2115 hrs Lighting of the Beacon
2130 hrs Events Conclusion

VJ Day को अर्थ हो Victory over Japan Day (जापानमाथि विजय दिवस) जसले प्रशान्त महासागर क्षेत्रमा दोस्रो विश्वयुद्धको अन्त्यलाई जनाउँछ। यस दिनलाई जापानले आत्मसमर्पण गरेको सम्झना गरिन्छ ।यस वर्ष जापानले दोस्रो विश्वयुद्धवाट आत्मासमर्पण गरेको ८० वर्ष पुग्दछ।

उक्त द्वितीय विश्वयुद्धमा करिब २,५०,००० गोर्खाली तथा नेपालीहरुले बेलायती भारतीय सेनाको तर्फवाट युद्ध लडेका थिए। युद्धमा करिब ३२,००० मारिएका थिए भने करिब २३,००० घाइते हुनुको साथै धेरै गोर्खालीहरु बेपत्ता भएका थिए। उक्त तथ्याङ्कहरू सानोतिनो भिन्नता हुन सक्छ।

VJ Day सँग सम्बन्धित दुई मुख्य मितिहरू छन्:
अगस्ट १५, १९४५ – जापानले आत्मसमर्पण घोषणा गरेको दिन (यो दिन बेलायत, अष्ट्रेलिया र अन्य मित्र राष्ट्रहरूमा व्यापक रूपमा मनाइन्छ)।

सेप्टेम्बर २, १९४५ – जापानले USS Missouri युद्धपोटमा आत्मसमर्पणका आधिकारिक कागजातमा हस्ताक्षर गरेको दिन (यो दिन अमेरिका मा World War II (WWII) को आधिकारिक अन्त्यको रूपमा मनाइन्छ)।

VJ Day परेड एउटा स्मृति कार्यक्रम हो, जसमा निम्न समावेश हुन्छन्: पूर्व सैनिकहरू र सैनिक कर्मचारीहरू मार्च पास गर्दछन्। ब्यान्डहरूले म्युजिक खेल्छन् ए परेड खेल्नका लागि सहजीकरण गरिदिन्छन्। परेडमा देशभक्तिपूर्ण, प्रदर्शनहरू र झण्डाहरू, मौनधारण वा स्मृतिसभाहरू, कहिलेकाहीँ पुनःअभिनय (Reenactment) वा हवाई प्रदर्शनीहरू पनि समावेस हुन्छन्।

यी परेडहरू युद्धको समयमा सैनिकहरू र सर्वसाधारणले गरेको बलिदानको सम्मान गर्न, शान्तिको उत्सव मनाउन, र इतिहासकै सबैभन्दा विनाशकारी युद्धको अन्त्यको सम्झना गर्न आयोजना गरिन्छ।

सबैभन्दा प्रसिद्ध उत्सव भनेको १९४५ अगस्ट १४ मा न्यूयोर्कको टाइम्स स्क्वायरमा भएको हर्षोल्लास हो (समय क्षेत्रको भिन्नताका कारण), जहाँको एक नाविकले नर्सलाई चुम्बन गरिरहेको फोटो विश्वभर प्रसिद्ध छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!