अस्पतालबाट प्रमको सन्देश : मेरो स्वास्थ्यबारेको भ्रामक प्रचारबाट प्रभावित नहुनोस् (अपडेट)

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताएका छन् ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ मा उपचारत प्रधानमन्त्री ओलीले मंगलबार सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गरेका छन् । उनले दङ्गा, हुलहुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले सुशासनलाई बिथोल्ने जनाउँदै शान्ति सुव्यवस्था भङ्ग गर्ने आपराधिक कार्यबाट समृद्धिको महाअभियान बिथोलिने र विकासको मार्ग भत्किनेतर्फ सबैलाई सचेत गराएका छन् ।

चिकित्सकले दिएको जानकारीका आधारमा आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने उल्लेख गर्दै उनले विगतमा झैँ समग्र देशवासीबाट सहयोग र सद्भाव निरन्तर पाउने अपेक्षा गरेका छन् । उनले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चारमाध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “सामाजिक सञ्जाल तथा केही कुत्सित मनशाय भएका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छ । यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।”

प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुन सक्ने सङ्क्रमणको रोकथामका लागि आफू उपचार गराइरहेको उल्लेख गरेका छन् । उनले आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेता, संवैधानिक अङ्ग, विदेशी कूटनीतिक नियोग, कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्वयाद ज्ञापन गरेका छन् ।

स्वास्थ्यस्थिति सुधारोन्मुख

प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको सो अस्पतालले जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको सङ्क्रमण नियन्त्रण गरी उहाँको स्वास्थ्यलाभ गराउनु पहिलो प्राथमिकता भएकाले उनलाई भेटघाट गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्ने महानुभावको आकाङ्क्षालाई आत्मसात् गरिए तापनि भेटघाट गराउन नसकिने अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
……

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ सोमबार बिहान त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । फोक्सोमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको हो । उनी केही दिनदेखि मौसमी रुघाखोकीबाट बिरामी परेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार केही दिनयता प्रधानमन्त्री ओलीको रुघा खोकी सामान्य अवस्थामा नआएपछि सोमबार अस्पताल गएका हुन् । टिचिङ अस्पतालले पनि विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्र असन्तुलित देखिएकोले मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना गरिएको पुष्टि गरे । डा उत्तम कृष्ण श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गर्दछौं ।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष प्रचण्ड शिक्षण अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री उपचारार्थ शिक्षण अस्पतालमा पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल पनि अस्पताल पुगेका छन् । यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी,केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्केका नेकपा नेता रायमाझीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!