बेलायतमा १३ सेप्टेम्बरमा एनआरएनए कप र नेपाली मेला, तयारीमा लाग्यो एनआरएनए यूके

SHARE:

लन्डन – कुलमान घिसिङको भव्य स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) आगामी १३ सेप्टेम्वर शनिबार फेल्थाम खेल मैदानमा दोस्रो एनआरएनए कप तथा नेपाली मेला आयोजना गर्ने तयारीमा जुटेको छ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरका अनुसार कार्यक्रममा फुटबल प्रतियोगिता, सांस्कृतिक प्रस्तुति र नेपाली खानपान उपलब्ध गराइने छ। उनले भने, “यो एकै मञ्चमा खेल, मौलिक खाना र संस्कृति अनुभव गर्ने पूर्ण अवसर हुनेछ।”

फुटबल प्रतियोगिता

एनआरएनए कप अन्तर्गत मेन, भेट्रान र महिला टिमबीच प्रतिस्पर्धा हुनेछ।

संघले इच्छुक खेलाडी र टिमलाई शीघ्र दर्ता गर्न आग्रह गरेको छ। टिम प्रवेश शुल्क मेन टिमका लागि £२००, भेट्रान £२०० र महिला टिम दर्ता शुल्क £५० तय गरिएको छ।

युवा संयोजक विशाल राईका अनुसार मेन टिमका विजेताले £२,२०० र उपविजेताले £१,१०० प्राप्त गर्नेछन्। भेट्रानतर्फ विजेता टिमलाई £१,२०० र उपविजेतालाई £६०० प्रदान गरिनेछ। त्यस्तै, महिला टिमतर्फ च्याम्पियनले £२०० र उपविजेताले £१०० पाउने व्यवस्था गरिएको छ।

व्यवसायिक स्टल र मेला

मेलामा नेपाली व्यवसायलाई आफ्ना उत्पादन र सेवाहरु प्रदर्शित गर्ने विशेष अवसर दिइनेछ। स्टल शुल्क न्यूनतम £१०० बाट सुरु हुने र आकार तथा स्थानअनुसार फरक पर्न सक्नेछ। तर सुरुवातमै बुक गर्नेहरुले विशेष छुट पाउने भएकाले समयमा नै सम्पर्क गर्न संघले अनुरोध गरेको छ।  साथै, बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायका लागि कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।

एनआरएनए यूकेका प्रवक्ता डा. कुल प्रसाद कंडेलले समुदायलाई मेलामा सहभागी भई फुटबल प्रतिस्पर्धा र नेपालीपन झल्काउने विविध कार्यक्रमको आनन्द लिन आमन्त्रण गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!