बेलायत – विगतका वर्षहरुमा झैँ यस वर्ष पनि मगर संघ युकेले नेपालमा विद्यावारिधि र स्नाकोत्तर अध्ययन गर्दै गरेका मगर विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ।
उक्त छात्रवृति वितरण मगर मास्टर डिग्री तथा पिएचडी ट्रष्ट फन्ड नेपाल टिमका संयोजक मेजर यम बहादुर राना MVO, MBE र उनका टिमले वितरण गरेका हुन्।
यस वर्ष उक्त छात्रवृतिका लागि ३८ जना मगर विद्यार्थी हरुले आवेदन दिएका थिए। जसमध्ये १८ जना मगर विद्यार्थीहरुले मगर संघ युके तोकेको मापदण्ड अनुसार फारम भरेका थिए। ति १८ जनामध्ये ४ जना पिएचडी अध्ययनरत छन् भने १४ जना मास्टर डिग्री अध्ययनरत छन्।
पिएचडी अध्ययनका लागि छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुको नामवली यस प्रकार छ:
जग बहादुर बुढा मगर – डोल्पा, मनोज घर्ति मगर – रुकुम, मित्र बहादुर राना मगर – प्युठान र यम बहादुर रोका मगर – बाग्लुङ छन्।
त्यसतै मास्टर डिग्री अध्ययनका लागि छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुको नामवली यस प्रकार छ:
मोना राना मगर – स्याङ्जा, पार्वती हितान मगर – रुकुम, कुसुम पुर्जा मगर – म्याग्दी, संगम थापा मगर – अर्घाखाँची, दिव्या राना मगर – अर्घाखाँची, लाल कुमारी पुन मगर – म्याग्दी, भोज प्रसाद खन्दालुक थापा मगर – नवलपुर, बोम बहादुर थापा मगर – गुल्मी, कमल आले मगर – पाल्पा, मिरन थापा मगर – गोर्खा, अनिमा मगर – झापा, लिला गाहा मगर – स्याङ्जा, राज कुमार बुढा मगर – रुकुम पुर्व र ललित बहादुर सारु मगर – सुर्खेत छन्।
उक्त विद्यार्थीहरुलाई छात्रवृति दिनको लागि मगर मास्टर डिग्री तथा पिएचडी ट्रष्ट फन्ड बेलायतका सिफारिस टिमले मगर संघ युकेका सेन्टरल कमिटी तथा अध्यक्ष लाल बहादुर (लालु) पुन मगर, महासचिब गोमन पुन मगर र कोषाध्यक्ष मोहन बहादुर थापा मगरलाई सिफारिस पठाएको थियो।
उक्त मगर संघ युके अन्तर्गत गठन भएको मगर मास्टर डिग्री तथा पिएचडी ट्रष्ट फन्ड बेलायतका सिफारिस टिममा दुत पुन मागर (चिम्खोले काईला) डा. प्रेम आले मगर र देबी आले मगर रहेका छन्। यस टिमले हरेक वर्ष नोभेम्वर महिनाको १ देखि मे महिनाको ३१ तारिकसम्म मगर संघ युकेको वेबसाइटमा नेपालमा मास्टर डिग्री र पिएचडी अध्ययन गर्दै गरेका निम्न आयस्रोत भएको तर जेहेन्दार मगर विद्यार्थीहरुलाई छात्रवृतिको लागि आवेदन खुल्ला गर्दछ।
उक्त अवधिमा प्राप्त आवेदनहरुलाई तोकिएको मापदण्ड अनुसार गहिरो अध्ययन गरेर छात्रवृति योग्य बिद्यार्थीहरुको नामवली मगर संघ युकेको सेन्ट्रल कमिटीमा सिफारिस गर्दछ।
मगर संघ युके अन्तर्गतमा नेपाली रुपिया १ करोड धन राशिको मगर मास्टर डिग्री तथा पिएचडी ट्रष्ट फन्ड स्थापना भएको छ। उक्त धनराशीको ब्याजवाट नेपालमा मास्टर डिग्री र पिएचडी अध्ययन गर्दै गरेका निम्न आयस्रोत भएको तर जेहेन्दार मगर विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृति प्रदान गर्दै आएको छ।






