
लन्डन २३ अगस्ट २०२५ । १६औं नेपाली मेलाका लागि नायिका, चलचित्र निर्माता एवं निर्णायक एन्सर्ज गुरुङ अमेरिकाबाट बेलायत आएकी छन् ।
एन्सर्ज तमुधीं यूकेको निमन्त्रणामा नायिका एन्सर्ज शुक्रबार २२ अगस्टमा लन्डनको हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । कला, संस्कृति हाम्रो गहना र जिम्मेवारी भन्ने सन्देशलाई आत्मसाथ गर्दै नेपाली मेला सफल पार्नका निम्ति बेलायत आएको उनले जानकारी दिइन् ।
एन्सर्ज नेपाली मेलामा संस्कृति र झाँकी विभागमा निर्णायकको भूमिका निभाउन यूके आएकी हुन् । स्याङ्जाकी एन्सर्ज गुरुङ पछिल्लो समय अमेरिका बस्दै आएकी छन् । उनले ‘प्हीरुमाला’, ‘मनको बाबरी’, ‘म्ले क्यु’ (बिर्साउने पानी) र ‘आमाको मन’लगायत फिल्ममा अभिनय गरिसकेकी छन् ।






