काठमाडौं २९ अगस्ट २०२५ । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को
शुक्रबारको बैठकले यही भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै प्रहरीको ३२औं आईजीपीको टुंगो लगाएको हो ।
तेह्रथुममा जन्मिएका खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा प्रमुख छन् ।






