आइतवार ३१ अगष्ट २०२५ – बेलायत। सुनचाँदी ब्यवसायी संघ बेलायतको वार्षिक साधारण सभा बेलायतको अल्डरसटस्थित माइतीघर पब एण्ड रेस्टुरेण्टमा सम्पन्न भएको छ।
उक्त वार्षिक साधारण सभामा सुनचाँदी व्यवसायी बेलायतको संगठानिक प्रतिवेदन संस्थाका महासचिब मनिका राईले प्रस्तुत गरेका छन् भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुशील राईले प्रस्तुत गरेका छन्। संस्थाको संगठानिक र आर्थिक दुवै प्रतिवेदनहरु सर्वसम्मतले पारित भएको छ।
वार्षिक साधारण सभामा सुनचाँदी व्यवसायीहरुको विचमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा सुनचाँदी व्यवसायीहरुले गरेको कमि-कमजोरी र सकरात्मक पक्षको वारेमा ब्यापक छलफल भएको छ। अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नको सहजीकरण अध्यक्ष राईले गरेका छन्
वार्षिक साधारण सभामा सुनचाँदी व्यवसायीहरुलाई सदस्यताको प्रमाणपत्र अध्यक्ष राईको वाहुलीबाट वितरण गरिएको छ। यस सुनचाँदी व्यवसायी बेलायतमा २६ ओटा सुनचाँदी पसलका मालिकहरु आवद्ध रहेको संथाका अध्यक्ष मेजर योगेश कुमार राईले जानकारी दिएका छन्।
कार्यक्रमको अन्त्यमा नेपालवाट बेलायत आएका चर्चित कलाकारहरु सहिमा श्रेष्ठ, आरुसी मगर, जानुका राई, युवराज मगर र नितु पुन मगरले भरपुर मनोरंजन दिएका छन्। उक्त कलाकारहरुलाई सुनचाँदी व्यवसायी बेलायतका अध्यक्ष मेजर राईले सम्मान गरेका छन्।
मेजर योगेश राईले अध्यक्षता गरेको वार्षिक सभालाई दीप ज्वलर्सका प्रोप्राइटर प्रेम विश्वकर्माले स्वागत मन्तब्य दिएका छन् भने महासचिब मनिका राईले संचालन गरेका छन्।







