ईन्द्र जङ दुरा – बेलायत।
सनिवार ३० अगष्ट २०२५ को दिन दुरा सेवा समाज युकेले “ठाडो भाका तथा लोककला प्रतिष्ठान नेपालका संरक्षक एबं बरिष्ठ ठाडो भाका गायक बुद्धिमान दुरा (धम्पु) लाई सम्मान गरेको छ।
उक्त सम्मान कार्यक्रम बेलायतको इष्लीस्थित Pavilion On The Park Hall मा सम्पन्न भएको थियो। सो कार्यक्रममा युकेमा बसोबास गर्ने अधिकांश दुराहरुको उपस्थिति रहेको थियो भने उहाँलाई चिन्ने र माया गर्ने अन्य समुदायको पनि उपस्थिति रहेको थियो।
दुरा जातिको पहिचान, पुर्खा, सहिद खजे दुराको तस्बिरमा समाजका ज्येष्ट अभिभावक भिम बहादुर दुरा र सिंह बहादुर दोर्धे दुराको हातबाट खाता र माल्यार्पणबाट सुरु भएको कार्यक्रममा दुरा सेवा समाज युकेका अध्यक्ष सिंह बहादुर दुराले बुद्धिमान दुरा (धम्पु) लाई शिरमा फेता लगाउदै दोसल्ला, खाता र अबिर लगाउदै मायाको चिनो र सम्मानपत्र दिएर सम्मान गरेका थिए ।
त्यस्तै दुरा महिला समाज युकेका अध्यक्ष श्रीमती रमा दोर्धे दुरा र कोषाध्यक्ष श्रीमती राधा दुराले पनि दुरा महिला समाज युकेको तर्फबाट सम्मान गरेका थिए ।
ठाडो भाकाका उत्पादक स्वार्गीय देउ बहादुर दुरा र पन्च सुब्बा गुरुङबाट सुरु भएको यो ठाडो भाका दुरा ठाडो भाका पनि भनिन्छ । मौलिक बिषय बस्तु माया प्रेम बिछोड को बारेमा टुक्का मिलाएर गाउनु पर्ने यो गीत दोहोरी गीत भन्दा भिन्नै पारा को रहेको छ। पछिल्लो समय लमजुङको ठाडो भाका पनि भनेर भन्ने सुन्ने गरेको यो गीत स्वर्गीय दिर्घराज अधिकारी (भेडिखर्के साँइला) ले संरक्षण गर्नु भएको थियो भने अहिले धम्पुले संरक्षण गर्दै आएका छन् ।
लमजुङको दुरा बस्तीमा प्रख्यात ठाडो भाका गीत गाउँघर मा केही ब्याक्तीहरुले मात्र गाउन सक्ने र गाउँदा गाउँदै ७ दिन ७ रातसम्म पनि नसकिने रोचक रहने गरेको छ भने यो गीत मा छोरा मान्छे मात्र नाच्ने चलन रहेको छ। यो ठाडो भाका गीतमा एक एक जनाले टुक्का र गीत गाए पनि महिला तर्फ र पुरुष तर्फ आ-आफ्नो समुह हुन्छ यही समुहले गीतको लय टुक्का छोप्ने गरिन्छ।
बेलुकी ४ बजेबाट सुरु भएको यो सम्मान कार्यक्रम एवं बुद्धिमान दुरा (धम्पु) साँङ्गितिक सांझमा आफ्नो एकल प्रस्तुति प्रस्तुत गर्दै बेलायतका ठाडो भाका गायिका दोय श्रीमती निरमाया दुरा र श्रीमती दुर्गी दुरासँग ठाडो भाका दोहोरी रातको ११ बजे सम्म चलेको थियो।
कार्यक्रममा खाजा, खाना र पेय पदार्थ दुरा सेवा समाजले निसुल्क ब्यावस्था गरेको थियो। निशुल्क खानपिन र पेय पदार्थको लागि समाजको कोष र समाजका सदस्यहरुले सहयोग सहयोग गरेका थिए ।
स्मरण रहोस् बुद्धिमान दुरा (धम्पु) बृटिस आर्मीबाट रिटायर्ड कर्णेल जेपी क्रसको धर्म छोरा हुन्। जेपी क्रस ब्रिटिश आर्मीबाट अवकाश प्राप्त पछि नेपाली नागरिकको रुपमा सुन्दर नगरी पोखरामा बसोवास गर्दै आएका छन्।
दुरा सेवा समाजका निबर्तमान अध्यक्ष एवं बर्तमान सल्लाहकार श्री फ्रम बहादुर दुराको संयोजकत्वमा सम्पन्न यो कार्यक्रम को सहजता समाजका महासचिव ईन्द्र जङ दुराले गरेका थिए ।







