बेलायत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध जातीय मुक्ति मोर्चा बेलायत शाखाको संयुक्त सम्मेलन सम्पन्न भएको छ। उक्त संयुक्त सम्मेलनबाट १० वटा निम्न तलका जातीय मुक्ति मोर्चाहरु बेलायतमा गठन भएका छन्।
दिनेश कुमारको संयोजकमा मधेशी मुक्ति मोर्चा बेलायत गठन भएको छ। मोर्चामा ३ सदस्य आवद्ध छन्।
पासाङ हेल्मोको संयोजकमा हेल्मो मुक्ति मोर्चामा बेलायत गठन भएको छ। मोर्चामा ५ सदस्य आवद्ध छन्।
जित छन्त्यालको संयोजकमा छन्त्याल मुक्ति मोर्चा बेलायत गठन भएको छ। मोर्चामा ५ सदस्य आवद्ध छन्।
दावा तामाङको संयोजकमा तामाङ मुक्ति मोर्चा बेलायत गठन भएको छ। मोर्चामा १५ सदस्य आवद्ध छन्।
पासाङ छिरिङ ढोक्प्या शेर्पाको संयोजकमा शेर्पा मुक्ति मोर्चा बेलायत गठन भएको छ। मोर्चामा ९ सदस्य आवद्ध छन्।
भरत तुम्बाहाम्फेको संयोजकमा लिम्बु मुक्ति मोर्चा बेलायत गठन भएको छ। मोर्चामा १३ सदस्य आवद्ध छन्।
रविना श्रेष्ठको संयोजकमा नेवा मुक्ति मोर्चा बेलायत गठन भएको छ। मोर्चामा १५ सदस्य आवद्ध छन्।
बिर बलाल मगरको संयोजकमा मगर मुक्ति मोर्चा बेलायत गठन भएको छ। मोर्चामा १४ सदस्य आवद्ध छन्।
दिपक गुरुङको संयोजकमा तमु मुक्ति मोर्चा बेलायत गठन भएको छ। मोर्चामा २७ सदस्य आवद्ध छन्।
बिनोद राईको संयोजकमा किरात राई मुक्ति मोर्चा बेलायत गठन भएको छ। मोर्चामा ४४ सदस्य आवद्ध छन्।
सम्मेलनको पहिलो सत्र तथा उत्घाटन सत्रमा आसनग्रहण, स्वागत मन्तब्य, नेपालको राष्ट्रिय गीत, बेलायतको राष्ट्रिय धुन, दीप प्रज्वलनलगायत सम्पूर्ण शहिदहरुको लागि दुइ मिनेट मौनधारण गरेर औपोचारिक कार्यक्रम शुरु गरेका छन्।
सोही सत्रमा मन्चमा आसिन माओवादी नेता तथा युरोप इन्चार्ज रन केसी, केन्द्रिय सदस्य कृष्ण कुमार राई, माओवादी नेता सुरेन्द्र श्रेष्ठ, युरोप कमिटि सचिब तुल छन्त्याल, नेफिन युकेका अध्यक्ष मेजर योगेश राई, नेफिन केन्द्रका संस्थापक सचिब भक्त बहादुर दुरा, प्रवासी नेपाली संघ बेलायतका अध्यक्ष पशुपति पोखरेल र संधीय समाजवादी पार्टीका बिज्ञ समिति सदस्य विश्वासदीप तिगेलाले शुभकामना मन्तब्यलगायत आफ्ना कुरा राखेका छन्।
अतिथिको आसनवाट नेता वसन्त राईले माओवादी पार्टीमा आदिवासी, महिला, दलित र पिछिडिएको वर्गको वारेमा आवाज आदिवासी नेताहरुले भन्दा गैर आदिवासी नेताहरुले उठाएको जिकिर गरेका छन्।
त्यस्तै विशेष अतिथि तथा पूर्वसभामुख ओनसरी घर्तिमगरले कार्यक्रममा उठेका प्रश्नहरुको जिज्ञासाहरुको सटिक उत्तर दिदै आदिवासी, महिला, दलित र पिछिडिएको वर्गको अधिकार प्राप्त गर्नका लागि आदिवासी, महिला, दलित र पिछिडिएको वर्ग एक भएर आन्दोलन गरेमात्र सफल हुने बताएका छन्। त्यस्तै नेपाली नागरिकताको निरन्तरता र भूतपूर्व गोर्खाहरुको पेन्सनको समस्या समाधान गर्नको लागि पनि टुटफुट नभैकन एक भएर आन्दोलन गर्नपर्ने सुझाव दिएका छन्। त्यस्तै आदिवासी जनजाति संगठन तथा जातीय संगठनहरु पनि टुटफुट नभैकन एक धिक्का भएमात्र आन्दोलनलाई वल पुग्ने बताएका छन्।
कार्यक्रमको प्रमुख अतिथि तथा पूर्वमन्त्री राम कार्कीले आदिवासी, महिला, दलित र पिछिडिएको वर्गको अधिकार एकल जाति र पार्टीले मात्र आन्दोलन गरेर पर्याप्त नहुने जिकिर गरेका छन्।
सम्मेलनको दोस्रो सत्र तथा वन्द सत्रमा निर्वाचन मण्डलका आयुक्तहरुले निर्वाचन प्रकृया सम्पन्न गरेका छन्। निर्वाचन मण्डलको संयोजकमा बिमला लिम्बु, सचिबमा जयप्रकाश राई र सदस्यमा शेरसिङ ठकुरी रहेका थिए।
सस्म्मेलनको तेस्रो सत्रमा निर्वाचन मण्डलले निर्वाचित जातीय मुक्ति मोर्चाहरु नामावली घोषणा गरेका छन् भने पुर्वसभामुख ओनसरी घर्ति मगरले निर्वाचित सम्पूर्ण सदस्य हरुलाई शपथग्रहण गराएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध जातीय मुक्ति मोर्चा बेलायतको संयोजक कर्म पहाडी शेर्पाले अध्यक्षता गरेको सम्मेलनमा नेपाल जनप्रगतिशील मंच बेलायतका अध्यक्ष बिमला लिम्बुले स्वागत मन्तब्य दिएका थिए भने संयोजक सचिब कपिल राईले कार्यक्रम संचालन गरेका छन्। सम्मेलनमा नेकपा माओवादीमा आस्था राख्ने, बिभिन्न राजनीतिक पार्टीहरुमा आस्था राख्ने अग्रज, बुद्धिजीवीलगायत २०० जनाको उपस्थिति रहेको छ।
कार्यक्रमको संयोजक तथा अध्यक्ष शेर्पाले उपस्थित सम्पूर्णलाई धन्यवाद दिएका छन्। कार्यक्रमको अन्त्यमा नेपालवाट बेलायत आएका चर्चित कलाकारहरु जानुका राई, कालिका रोका मगर युवराज मगर र नितु पुन मगरले उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन दिएका छन्।









