काठमाडौँ २२ सेप्टेम्बर २०२५ । नेपालमा वैज्ञानिक महावीर पुनसहित नवनियुक्त ४ मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा पुन (शिक्षा, विज्ञान तथा प्रविधि), अनिलकुमार सिन्हा (उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिलार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय),मदनप्रसाद परियार (कृषि तथा पशुपन्छी विकास मन्त्रालय) र जगदीश खरेल (सञ्चार तथा सूचना प्रविधि मन्त्रालय)का मन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका हुन् ।
शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति थियो ।
महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् ।






