ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको आयोजनामा फन दौड सम्पन्न

SHARE:

बेलायत । आइतवार ५ अक्टुबर २०२५ को दिन बेलायतमा ग्रेटर रश्मूर नेपाली कम्युनिटी ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको आयोजनामा फन दौड सम्पन्न भएको छ । जीआरएनसी यूकेले यस फन दौड स्वस्थ जीवन बाँच्नको लागि विगत १० वर्षदेखि संचालन गर्दै आएको छ ।

उक्त फन दौड बेलायतको अल्डरसटस्थित कुईन्स एभेन्यूमा सम्पन्न भएको हो । फन रन जीआरएनसी यूकेका अध्यक्ष लिला सेलिङ माबोले घन्टी बजाएर शुरु गरेकी थिइन् ।

१० किलोमिटर (किमि) ५ किमि र २ किमि दौडमा ६०० सय भन्दा बढी सहभागी रहेको अध्यक्ष माबोले जानकारी दिएकी छन् । फन रन सुरु हुनुभन्दा पहिला सुरक्षासम्बन्धी जानकारी दिइएको थियो भने फन दौड ब्याक पाइपको धुनसँग सुरु भएको छ ।

फन दौडबाट संकलित रकम च्यारिटीमा जाने र केही अंश रकम जिआरएनसीले प्राप्त गर्ने दौडको प्रमुख संयोजक तथा वरिष्ठ उपाध्यक्ष उत्तरबहादुर गुरुङले जानकारी दिएका छन् ।

फन दौडमा सहभागिता जनाउन तथा स्वयंसेवक गर्न संस्थाका पूर्वअध्यक्षहरु, सल्लाहकार तथा विभिन्न संघ संस्थामा आबद्ध अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो । दौडमा सहभागीलाई मेडल प्रदान गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!