बेलायतमा १३ डिसेम्बरमा मंगोलियन हर्टको कन्सर्ट, राजु लामासहितको टोली आउने

SHARE:

चर्चित नेपाली ब्यान्ड मंगोलियन हर्टले आगामी १३ डिसेम्बर २०२५ मा बेलायतको लन्डनस्थित ह्यारो लेजर सेन्टरमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ।

कन्सर्टको आयोजना जीटी बास इन्टरटेन्मेन्ट र सहीसर्चले संयुक्त रूपमा गर्न लागेका हुन् । कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ।

गायक राजु लामा नेतृत्वको टोली बेलायत आउने पक्का भएको आयोजक रोज लामाले जानकारी दिएका छन् । उनका अनुसार टिकट बुकिङ खुला भइसकेको छ र अग्रिम टिकट खरिद गर्नेहरूलाई विशेष सहुलियत दिइनेछ ।

राजु लामासँगै टोलीमा बबि लामा, सन्तोष थापा, बाबुराजा महर्जन, विनय महर्जन, भूपेन्द्र बज्राचार्यलगायत छन् ।

नेपाल फर्केर मंगोलियन हर्टको कन्सर्ट हेर्न नसक्ने बेलायतवासी नेपालीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो । आयोजकले बेलायतस्थित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कन्सर्टमा सहभागी हुन आग्रह गरेका छन् ।

आयोजक संस्थाका रोज लामाले कन्सर्टको उद्देश्य नेपाली कला, भाषा, संस्कृति र संस्कारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु रहेको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!