एकीकृत समाजवादीलगायत पार्टीसँग छिट्टै एकता गर्ने नेकपा माओवादी केन्द्रको निर्णय

SHARE:

काठमाडौँ १ नोभेम्बर २०२५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अबको केही दिनभित्रमा विभिन्न पार्टीसँग एकता गर्ने भएको छ । शनिबार यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते हुने यसअघि कायम केन्द्रीय समिति बैठकले पार्टी एकताबारे टुङ्गो लगाउने पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भने, “पार्टी एकता आजको बैठकको एजेन्डा थियो, एकताबारे वैचारिक, सैद्धान्तिक, राजनीतिक र नीतिगत विषयमा करिब करिब सहमति भइसकेको छ। आज खासगरी प्राविधिक र सङ्गठनात्मक विषयमा छलफल केन्द्रित भएको छ ।”

प्रवक्ता सापकोटाका अनुसार नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गरेका नेता प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीबीच एकता हुँदैछ ।

एकताबारे नेपाल कम्युनिष्ट पार्टीबाट विद्रोह गरेको चिरण सि नेतृत्वको समूहसँग पनि छलफल भइरहको उनले जानकारी दिए । “सबैसँग वाम एकता गर्ने हाम्रो जोड हो, तर एकता ढिलो गर्नुहुँदैन, एकता ढिलो गरियो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहलकदमी कमजोर हुन्छ भन्ने आजको निष्कर्ष हो, नभए राष्ट्र झन् झन् अराजकतातिर गइरहेको छ । फागुन २१ गते सरकारले चुनावको घोषणा गरेको छ, यी अवस्थालाई मध्येनजर गर्दै एकतालाई अगाडि बढाउने भनिएको छ ।”

नेता जनार्दन शर्माले तत्काल एकता नगरी माओवादी केन्द्रलाई नै बलियो बनाउनुपर्ने बताए । उनी आफू बोलेपछि बैठक छोडेर निस्किएका थिए । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकताबारे शर्माको केही फरक मत रहेको तर उनी र एकीकृत समाजवादीमा फरक मत राखेका झलनाथ खनालसँग पनि छलफल गरेर अगाडि बढ्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!