बेलायतमा शनिबार ‘दोस्रो इन्टरनेसनल नेपाली फिल्म अवार्ड’, आए नेपाली चर्चित कलाकार

SHARE:

लन्डन १४ नोभेम्बर २०२५ । बेलायतमा शनिबार हुने ‘दोस्रो इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२५’का लागि नेपाली चर्चित कलाकार यहाँ आएका छन् ।

लन्डन ग्रीनफोर्ड टाउन हलमा १५ नोभेम्बर साँझ हुने अवार्ड समारोहका लागि नेपाली कलाहरु शुक्रबार बेलायत आइपुगेका हुन् । इन्फा इभेन्ट्स यूकेको आयोजनामा हुने कार्यक्रममा अवार्डस्, सम्मान र पुरस्कार वितरण हुनेछ ।

इन्फा अवार्ड समारोहका लागि नेपालबाट दीपकराज गिरी, दीपाश्री निरौला, गौरी मल्ल, केदार घिमिरे, जीतु नेपाल, प्रदीप खड्का, रमेश बुढाथोकी, एन्जिला तुम्बापो सुब्बा, दिव्या रायमाझी, तेरिया राना मगर, केकी अधिकारी, निता ढुंगाना, विजय बराल, समर्पण लामा, डान्सर अलिसा शर्मा, कविता नेपाली, उषा उप्रेती, दिया मास्के, ऋचा घिमिरे, मलिना जोशी, उपासना सिंह ठकुरी, मिलन चाम्स, रिहान गिरी, प्रमोद अग्रहरीलगायत तीन दर्जन कलाकार लन्डन आउँदै छन् । कलाकारहरु १४ नोभेम्बरभित्र आइसक्ने आयोजकले जनाएको छ ।

यसअघि समारोह १३ सेप्टेम्बरका लागि तय गरिए पनि नेपालमा जेन जी आन्दोलनका कारण स्थगित गरिएको थियो ।

नेपालका ख्यातिप्राप्त कलाकारहरूबाट एउटै स्टेजमा गायन, हास्यव्यङ्ग्य, नृत्य लगायत अनेकौं आकर्षक प्रस्तुति रहने इन्फा यूकेले जनाएको छ । कार्यक्रममा ५५ वटा फिल्ममध्येबाट २७ विद्यामा अवार्ड दिइने आयोजकले जानकारी दिए । गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापा आवद्ध जुरीले विभिन्न विद्यामा फिल्म छनोट गरेका हुन् ।

यसपटक अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइने छ ।

दोस्रो इन्फा अवार्ड गर्न बेलायतबाट उमेशराज मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिषराज पन्त एवं नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी र मनिष कार्की जुटिरहेका छन् । नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले अवार्ड कार्यक्रम गर्न लागिएको इभेन्ट प्रमुख संयोजक उमेश मोक्तानले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!