ईलमपोखरी समाज यूकेको १६ औं वार्षिक साधारण सभा तथा ७ औं अधिबेशन सम्पन्न

SHARE:

परशु गुरुङ – बेपलायत ।

ईलमपोखरी समाज यूकेको १६औं बार्षिक साधारण सभा तथा ७ औं अधिबेशन, शनिबार १५ नोभेम्बरका २०२५ का दिन बेलायतको अल्डरसटस्थित डिलाउण्ज रेष्टुरेण्ट एण्ड बारमा भव्यताका साथ सम्पन्न भयो । उक्त वार्षिक साधारण सभा तथा अधिवेशन अध्यक्ष परशु गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा समाजको प्रगति र भलाईको लागि बिबिध समसामायिक बिषयहरुको गहिरो छलफल गरी पारित गरियो । बैठकको अन्तमा अध्यक्ष गुरुङले आफ्नो कार्यकालको अवधिभर सबैजनाबाट पाएको सहयोग र मायाको लागि धन्यबाद दिंदै औपचारिक रुपमा छैंटौ कार्यसमितिलाई बिघटन गर्दै ७ औं अधिबेशनका निर्वाचनसमितिलाई हस्तान्तरण गरेका छन् ।

७ औं अधिबेशनको निर्बाचन समितिको लागि निबर्तमान अध्यक्ष पूर्ण राज गुरुङको अध्यक्षतामा प्रमुख आयुक्त, सल्लाहकारद्वय दलबहादुर गुरुङ र शेरबहादुर सुनार आयुक्त रहेको थियो । प्रमुख आयुक्त पूर्ण राज गुरुङको संयोजकत्वमा निर्वाचन प्रकृया प्रारम्भ भएको थियो ।

अध्यक्ष, एक उपाध्यक्ष, सचिब, सहसचिब, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सांस्कृतिक सचिव, फोटोग्राफर, फुड मेम्बर र १५ जना सदस्यहरु सहित सातौं कार्यसमितिको नेतृत्वको लागि बर्तमान अध्यक्ष परशु गुरुङ तेश्रो कार्यकालको लागि पूनः अध्यक्ष पदमा चयन भएका छन् ।

स्मरण रहोस्, अध्यक्ष गुरुङले २०१९-२०२२ (पांचौं) २०२२-२०२५ (छैटौं) कार्ययमितिलाई नेतृत्व गरिसकेका थिए भने पूनः २०२५-२०२८ को लागि सातौं कार्यसमितिको अभिभारा लिएका छन् ।

अधिबेशनको प्रारम्भमा प्रमुख आयुक्त पूर्ण राज गुरुङले निर्बाचन प्रकृयाबारे स्पष्ट पार्दै नयां पदाधिकारीहरु तथा सदस्यहरुको नाम बाचन गरी अगाडि बोलाईको थियो । त्यसपश्चात् अयुक्त शेर सुनारले नवनिर्वाचित पदाधिकारीहरु र सदस्यहरुलाई बिधानमा उल्लेख गरे अनुसार सपथ ग्रहण गरायो । त्यसपश्चात् प्रमुख आयुक्तले ओहोदाको प्रमाणपत्र प्रदान गरे भने आयुक्तद्वयले क्रमंशः खादा लगाई अबिर (टीका) ग्रहण गराए ।

अन्तमा ७औं कार्यसमितिका लागि नवनिर्वाचित अध्यक्ष परशु गुरुङले आफ्नो भावी योजनाहरुबारे व्यक्त गरी सम्पूर्ण कार्यक्रम समापन गरियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!