सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धि हो : प्रधानमन्त्री

SHARE:

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन् ।

तिहारको अवसरमा बिहिबार एक शुभकामना सन्देश दिंदै उनले जनताको पछौटेपन, अविकास र गरीबीको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे । “विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब तीव्रता दिइने छ”, सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन् “सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न हामी दृढ सङ्कल्पित छौँ ।”

हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गरे । यसै उद्देश्यका लागि केही समयअघि आफ्नो अध्यक्षतामा उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था तथा वरिष्ठ व्यक्तिहरु सम्मिलित उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् गठन गरिएको प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउन अहिले उपयुक्त समय भएको उल्लेख गर्दै उनले देशमा राजनीतिक स्थायित्व कायम भइसकेको बताएका छन् ।

“सरकार सुशासनका निम्ति समर्पित छ । उत्तरदक्षिण दुवैतिरका छिमेकीसँगको सम्बन्ध सन्तुलित मात्र होइन झन् प्रगाढ बनेको छ”, प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन्, “हामीसँग सक्रिय जनसङ्ख्याको बाहुल्यता छ । यस अनुकूलताका आधारमा हामी देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउँदैछौँ ।”

समृद्धिको प्रतीक लक्ष्मीपूजा र तिहारको अवसरमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमताअनुसार योगदान पुर‍्‍याउन हरेक नेपालीलाई प्रेरणा मिलोस् भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!