काठमाडौं २० नोभेम्बर २०२५ । मगर समुदायका हक–हित र अधिकार संरक्षणको उद्देश्यले गठन गरिएको मगरात जोङले यही मंसिर ८ मा पहिलो स्थापना दिवस मनाउने भएको छ ।
पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा स्थापना दिवस कार्यक्रम हुने मगरात जोङले जनाएको छ । वार्षिकोत्सव कार्यक्रममा सोरठी, झ्याउरे, मारुनी र कानरहाजस्ता मगर परम्परागत नृत्यहरूको विशेष प्रस्तुति रहनेछ ।
मगरात जोङ २०८१ मंसिर ८ गते लुम्बिनी प्रदेशको दाङमा दर्ता गरिएको हो । राजनीतिरहित शैक्षिक चेतना, सांस्कृतिक संरक्षण र समुदायको सशक्तिकरणलाई प्राथमिकता दिँदै संस्था स्थापना गरिएको हो ।






