लन्डन २२ नोभेम्बर २०२५ । बुद्धिस्ट कम्युनिटी सेन्टर(बीसीसी) युके लन्डन ब्रान्चको यही २९ नोभेम्बरमा च्यारिटी डिनर नाइट हुने भएको छ ।
लन्डनको फेल्थाम एसेम्ब्ली हलमा २९ शनिबारका दिन विशेष फन्डराईजिङ च्यारिटी डिनर नाइट आयोजना हुन लागेको हो । कार्यक्रम बेलुकी ४ बजेदेखि राति ११ बजेसम्ममा हुनेछ ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, समुदायबीच आपसी भेटघाट र दान संकलनमार्फत बौद्धिक तथा सामाजिक गतिविधिहरूलाई सशक्त बनाउन सहयोग पुग्ने आयोजकहरूले जनाएका छन्।
आयोजकहरूले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली तथा बौद्ध समुदायलाई सक्रिय सहभागिताको लागि निमन्त्रणा गरेका छन् । ‘हामी सबैको सानो सहयोगले ठूलो काम सम्भव हुन्छ,’ आयोजकले भनेका छन्, ‘यो च्यारिटी डिनर नाइट केवल एक सामाजिक जमघट मात्र नभई हाम्रो धर्म, संस्कृति र समुदायप्रति गरिएको ठूलो योगदान पनि हो।’
बीसीसी युके लन्डन ब्रान्च सन् २०१५ मा स्थापना भएको हो । यस संस्थाले प्रवासी नेपाली बौद्ध समुदायबीच सांस्कृतिक, धार्मिक र सामाजिक एकता कायम गर्न निरन्तर सक्रिय रहँदै आएको छ।






