कविता :धिक्कार हो वृद्धता

SHARE:

केश कपास झैं सेतै फुले ।
रातभरि मनमा कुरा डुले ।
कुनै दाँत किराले खाए ।
कुनै दाँत झरे ।
आफन्तले नै हेला गरे।
धिक्कार हो वृद्धता ।

गाला च्याउरिए,
निधार खुम्चिए,
गाला गलामा झुले ।
छोरा बुहारीसँग भुले ।
छोरी ज्वाइँसँग डुले ।
बिताइरहेछु एकान्त जीवन ।
सम्हाली यो मन ।
धिक्कार हो वृद्धता ।

नाति नातिनीलाई आफ्नै बाबा आमाले राख्न खोज्ने टाढा ।
बाजे बज्यैको मात्र एकोहोरो माया गाढा ।
बेबी सिटिङ्मा नि लाग्दैन उनीहरुलाई भर ।
केही पो गरिदिन्छन् कि भन्ने उनीहरूलाई डर ।
धिक्कार हो वृद्धता ।

छोरा बुहारी, छोरी ज्वाइँ, नातिनातिनीलाई जति माया गर्दा नि, झन् परपर हुने ।
त्यसो हुँदा यो मन झन् रुने ।
कसैले माया गर्दैनन् आफन्त भनी ।
बिताइरहेछु हरेक पल वृद्धताको आभाष गरी ।
धिक्कार हो वृद्धता ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!