तमु धीं यूकेले २७ डिसेम्बरमा ल्होछार भव्य रुपमा मनाउने, नेपालबाट कलाकार सलोमी, दुर्गा र केशबहादुर आउने

SHARE:

एस के

अल्डरसट, यूके  २६ नोभेम्बर २०२५ । तमु धीं यूकेको आयोजनामा यस वर्षको ल्होछार तथा ईस्वी संवत २०२६ लाई स्वागत गर्दै विशेष सांस्कृतिक समारोह आगामी २७ डिसेम्बर २०२५, शनिबारका दिन Empire Hall, High Street, Aldershot, GU11 1DJ मा भव्य रूपमा आयोजना हुने भएको छ। तमु समुदायको महान् पर्व मनाउन र प्रवासी नेपालीबीच आपसी एकता तथा सांस्कृतिक पहिचानलाई अझ दृढ बनाउने उद्देश्यका साथ कार्यक्रमलाई तयारी पूरा गरिएको संघले जनाएको छ।

यस वर्ष सर्प वर्गको बिदाई र घोडा वर्ग तथा नयाँ वर्षको शुभ आगमनलाई विशेष रूपमा उद्‌घोष गर्दै तमुधी यूकेले कार्यक्रमलाई विविधता, कला–संस्कृति र सम्मानसँग जोडिएको विशेष उत्सवका रूपमा सार्वजनिक गरेको छ।

नेपालबाट आएका चर्चित कलाकारहरूको प्रस्तुति

कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक बनाउन नेपालबाट विशेष रूपमा आमन्त्रित कलाकारहरूको सहभागिता रहनेछ।
• सलोमी गुरुङ – नेपाल आइडल सिजन ६ की उप–विजेता
• दुर्गा गुरुङ – ‘कौडाकिङ’ नामले चर्चित
• केशबहादुर गुरुङ – पछिल्लो समय गुरुङ गीतमा लोकप्रियता कमाएका युवा गायक

यी कलाकारहरूले सांगीतिक प्रस्तुति दिई कार्यक्रमलाई अझै उत्फुल्ल बनाउनेछन्। साथै, स्थानीय प्रतिभा तथा कलाकारहरूले नृत्य र सांस्कृतिक प्रस्तुति पस्किनेछन्।

सामुदायिक सम्मान तथा अवार्ड वितरण

कार्यक्रमका क्रममा समुदायका उत्कृष्ट प्रतिभा तथा योगदानकर्ताहरूलाई सम्मानित गरिनेछ।
• GCSE मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई डा. हर्क अवार्ड
• वर्षभर विभिन्न गतिविधिमार्फत महत्वपूर्ण योगदान पुर्‍याउने प्रत्येक इकाईका एक महिला र एक पुरुषलाई कम्युनिटी अवार्ड

यसका अतिरिक्त, भाग्योदय चिट्ठा (लक्की ड्र) पनि कार्यक्रमको आकर्षणमा समावेश गरिनेछ।

सहभागिताको अनुरोध

तमुधी यूकेले तमु (गुरुङ) समुदायका सबै सदस्य, परिवार तथा शुभेच्छुकलाई मौलिक सांस्कृतिक पर्व ल्होछारलाई एकताको माहोलमा मनाउन तथा गीत–संगीत, नृत्य र सांस्कृतिक वातावरणमा रमाउन हार्दिक निम्तो दिएको छ।

संघका अनुसार, यस कार्यक्रमले तमु संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा समुदायलाई अझ नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ । थप जानकारीका लागि संघको आधिकारिक वेबसाइट www.tamudheeuk.com मार्फत हेर्न सकिनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!