विश्व अपांगता दिवसको अवसरमा गुल्मी जिल्ला समाज यूकेले ३० नोभेम्बरमा च्यारिटी कार्यक्रम गर्ने

SHARE:

 


लन्डन २७ नोभेम्बर २०२५ । गुल्मी जिल्ला समाज यूकेले विश्व अपांगता दिवसको अवसरमा बर्षेनि गर्दै आएको च्यारिटी कार्यक्रम यस वर्ष नोभेम्बर ३० मा हुने भएको छ ।

साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स कम्युनिटी सेन्टरमा च्यारिटी कार्यक्रम आयोजना गरिएको अध्यक्ष रुद्र थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रम बिहान ११ देखि बेलुकी ६ बजेसम्म हुने छ ।

कार्यक्रममा लोकप्रिय कलाकार अर्जुन कुँवरको प्रस्तुति र गुल्मेली प्रथम नौमती बाजा यूके, डिजेको प्रस्तुतिका साथै स्थानीय कलाकारले नृत्य प्रस्तुति रहने छन् ।

कार्यक्रमलाई उत्कृष्ट र प्रभावकारी बनाउने तयारी भइरहेको कार्यक्रम संयोजक उपाध्यक्ष मञ्जु भण्डारी र सचिव राधा खरेलले जनाए ।

अध्यक्ष रुद्र थापाले सांगीतिक र सांस्कृतिक मनोरञ्जनसँगै समाजले संकलित रकम नेपालका अपांगता भएका व्यक्तिहरूको सहयोगमा खर्च गर्ने भएकाले उक्त दिन उपस्थितिका लागि बेलायतवासी नेपालीमा अपिल गरेका छन् ।

कार्यक्रमका लागि प्रवेश शुल्क वयष्कका लागि २५ पाउन्ड तोकिएको छ । १२ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई छुट दिइने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!