रक्षा योजनामा पहुँचका लागि युरोपेली सङ्घसँग सम्झौता नहुनु दुःखद् : बेलायत

SHARE:


लन्डन २८ नोभेम्बर २०२५ । बेलायतले शुक्रबार युरोपको रक्षालाई सुदृढ पार्नका लागि १५० अर्ब युरो (१७४ अर्ब अमेरिकी डलर) को युरोपेली सङ्घको योजनामा पहुँच पाउन ब्रसेल्ससँगको वार्ता दर्ता शुल्कमा असहमति भएपछि सम्झौतामा पुग्न नसकेकोमा दुःख व्यक्त गरेको छ ।

“यो निराशाजनक परिणाम हो।हामी सेफको पहिलो चरणमा बेलायतको सहभागिताको बारेमा छलफल गर्न सकेका छैनौँ, बेलायतको रक्षा उद्योग अझै पनि तेस्रो देशको सर्तहरूमा सेफको माध्यमबाट परियोजनाहरूमा भाग लिन सक्षम हुनेछ,” इयू सम्बन्ध मन्त्री निक थोमस–साइमन्ड्सले भन्नुभयो । रुसले २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि युरोपेली राष्ट्रहरूले आफ्नो सैन्य बल सुदृढ पार्ने कार्यलाई तीब्रता दिइरहेका छन्।जसअन्तर्गत ब्रसेल्सले यस वर्षको सुरुमा आफ्नो ऋणका लागि पहल सुरु गरेको छ ।

युरोपका लागि सुरक्षा (सेफ) योजनाले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई पुनः हतियारसज्जित हुन मद्दत गर्नका लागि कम ब्याजदरमा १५० अर्ब युरोको ऋण उपलब्ध गराउनेछ । लन्डन र ब्रसेल्सबीच यस योजनामा सामेल हुनका लागि बेलायतले गर्ने योगदानको स्तरलाई लिएर विवाद भएको छ। बेलायतलाई आफ्ना हतियार निर्माताहरूका लागि थप लाभदायक पहुँच सुरक्षित गर्न यो योजना आवश्यक थियो ।

युरोपेली सङ्घका परराष्ट्रमामिला मन्त्री निक थोमस–साइमन्ड्सले एक विज्ञप्तिमा भन्नुभयो, “हामीले सेफको पहिलो चरणमा बेलायतको सहभागिताबारे छलफल टुङ्ग्याउन सकेका छैनौँ, जुन निराशाजनक छ ।” उहाँले भन्नुभयो, “बेलायतको रक्षा उद्योगले ‘तेस्रो–देशको सर्तमा सेफमार्फत परियोजनाहरूमा सहभागी हुन सक्नेछ ।”

“हाम्रो धारणा सधैँ स्पष्ट थियो।हामी केवल राष्ट्रिय हितमा हुने र पैसाको उचित मूल्य प्रदान गर्ने सम्झौताहरूमा मात्र हस्ताक्षर गर्नेछौँ,” थोमस–साइमन्ड्सले थप्नुभयो । इयू सदस्य राष्ट्रहरू ऋण लिएको कम्तिमा ६५ प्रतिशत रकम समूहमा उत्पादन भएका हतियारहरूमा खर्च गर्न बाध्य छन् ।

यदि बेलायत इयूमा सामेल भएको भए, लन्डनका लागि त्यो रकम घटेको हुने थियो, जसको अर्थ बेलायती कम्पनीहरूले अझ बढी पैसा कमाउने प्रयास गर्न सक्थे । दुवै पक्षले वार्ता ‘शुभेच्छा’ का साथ भएको बताएका छन्, युरोपेली आयोगले पनि बेलायतले अझै पनि सेफ खरिदको ३५ प्रतिशत हिस्सामा भाग लिन सक्ने कुरामा जोड दिएको छ ।

“इयूले क्यानडासँग यसको सहभागिताबारे वार्ता जारी छ र हामी आइतबारअघि नै एक सम्झौतामा पुग्ने आशा गरेका छौँ,” साइमन्ड्सले भन्नुभयो । युरोपेली सङ्घका अधिकारीहरूले लण्डनले योजनामा सामेल हुन ६.५ अर्ब युरोसम्म योगदान गर्न भनेको थियो, तर, कूटनीतिक स्रोतहरूका अनुसार, सन् २०२० मा ब्रेक्जिटपछि युरोपेली संघबाट बाहिरिएको बेलायतले त्यो मूल्यलाई अस्वीकार ग¥यो र अझ राम्रो सम्झौताका लागि दबाब दिएको थियो ।

सेप्टेम्बरमा ब्रसेल्सले आफ्नो कोष बाँडफाँडको घोषणा गर्दा पोल्याण्ड, रोमानिया, फ्रान्स र हङ्गेरी सेफअन्तर्गत पैसाका सबैभन्दा ठूला दाबीकर्ताहरू मध्ये थिए । प्रारम्भिक आँकडा अनुसार पोल्याण्डले लगभग ४४ अर्ब युरो बराबरको ऋण लिएको थियो । त्यसपछि रोमानियाले १६.७ अर्ब र फ्रान्स तथा हङ्गेरीले प्रत्येकले १६.२ अर्ब युरो लिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!