एनआरएन यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङलाई तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा स्वागत

SHARE:

पोखरा २९ नोभेम्बर २०२५ । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङलाई पोखरा,रानीपौवास्थित कार्यालयमा स्वागत गरेको छ ।

तमु धीं यूकेकी आमा समूहकी संस्थापक अध्यक्ष तथा प्रतिष्ठानकी अक्षय कोष दातासमेत रहेकी गुरुङलाई शुक्रबार स्वागत गरिएको हो । उक्त अवसरमा उपाध्यक्ष भेष गुरुङले व्यस्त समयका बाबजुद कार्यालयमा आइदिनु भएकोमा पुनम गुरुङप्रति धन्यवाद व्यक्त गर्दै उनका पिता तथा प्रतिष्ठानका आजीवन सदस्य कर्णेल मनिन्द्र गुरुङको हालै भएको दुखद् निधनप्रति गहिरो शोक प्रकट गरे । निवर्तमान अध्यक्ष चित्र गुरुङले पाहुनालाई प्रतिष्ठानका विभिन्न गतिविधिबारे संक्षिप्त जानकारी गराएका थिए ।

त्यसैगरी,संस्थाका सल्लाहकार संयोजक चिजकाजी गुरुङले प्रतिष्ठानको आर्थिक सबलीकरणमा विदेशस्थित तमु समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै, विशेषगरी तमु धिं यूकेको भूमिका सराहनीय रहेको बताए । अक्षय कोष दाता पुनम गुरुङले आफू र आफ्नो परिवारको प्रतिष्ठानप्रति विशेष लगाव रहेको बताउँदै, हाल बैंक ब्याजदर घटिरहेको परिस्थितिमा प्रतिष्ठानले फण्ड–राइजिङसम्बन्धी नयाँ कार्यक्रम ल्याएमा आफ्नोतर्फबाट प्रत्यक्ष सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमकै क्रममा उनले विद्यार्थी समितिका अध्यक्ष सुदिप गुरुङसँग विशेष चासो राख्दै केही जिज्ञासा प्रस्तुत गरेका थिए । अध्यक्ष गुरुङको उत्तरबाट सन्तुष्ट हुँदै पुनम गुरुङले आफ्नो युवावस्थादेखिको सक्रियता र अनुभवहरू साझा गर्दै, प्रतिष्ठानले छात्रवृत्ति प्रदान गर्नुका साथै विद्यार्थीहरूलाई विभिन्न क्षेत्रमा अघि बढ्न प्रोत्साहन गरिरहेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा तमु धिं नेपालका केन्द्रीय अध्यक्ष हुम गुरुङ,सदस्य बिग्नेश थापा तथा तमु धिं कास्कीका सचिव विजय गुरुङको समेत उपस्थिति रहेको थियो ।

उपाध्यक्ष भेष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सह–कोषाध्यक्ष लक्ष्मी गुरुङले गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!