
लन्डन २ डिसेम्बर २०२५ । धरान समाज यूकेले लन्डनमा सडक दुर्घटनामा परी मृत्यु भएका २० वर्षीय नेपाली विद्यार्थीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
चन्दा संकलन गरी ३ हजार ३ सय १० पाउन्ड स्वर्गीय युविन तामाङका बुबा विकास तामाङ र आमा शर्मिला मगर तामाङलाई ३० नोभेम्बरका दिन धरान समाज यूकेका अध्यक्ष निकेश लिम्बु र महासचिव वल्लभ गुरुङले सहयोग रकम संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
लिम्बुले समस्त चन्दादाताहरुलाई धन्यवाद समेत दिएका छन् । धरान ११ स्थायी घर भएका तामाङको गत १८ अक्टोबरमा इष्ट लन्डनको इल्फोर्डस्थित रेडब्रिज लेनमा र्यापर गेट्सले चलाएको कारको ठक्करबाट मृत्यु भएको थियो ।


