म जङ्गे पिलर नम्बर ५१८,
उभिरहेछु नेपाल र भारतको साँध बनेर ।
उभिरहेछु नेपालको सार्वभौम सत्ता नै गुम्छ कि भनेर ।
अनगिन्ती गरिरहेछु पहिले जङ्गे पिलर कति थिए भनेर ।
म जङ्गे पिलर नम्बर ५१८,
उभिरहेछु नेपाल र भारतको साँध बनेर ।
म जस्तै जम्मा ८५५३ जङ्गे पिलर थियो पहिले ।
थाहा छैन कति छ अहिले ।
म जङ्गे पिलर नम्बर ५१८,
उभिरहेछु नेपाल र भारत को साँध बनेर ।
१३२५ जङ्गे पिलर हराए ।
१९५६ जङ्गे पिलर बिलाए ।
४९९ जङ्गे पिलर नदीले बगाए ।
नेपाली भूमि कति मिचिए,
सिमानामा दैनिक हुने कहालीलाग्दो जनतालाई गरेको
थिचोमिचो, दमन र अत्याचार ।
त्यै पनि मौन छ भ्रष्ट सरकार ।
म जङ्गे पिलर नम्बर ५१८,
उभिरहेछु नेपाल र भारतको साँध बनेर ।






