गीत/कविता: रमिते डाँडैमा हावा चल्यो सरर

SHARE:

गीत/कविता रचयिता: चित्र राना – अल्डरसट, यूके

शीर्षक: रमिते डाँडैमा हावा चल्यो सरर

अल्डरसटको रमिते डाँडैमा छ मेरो घर,
यो जीवनको के छर भर
लाउनु है माया, नमानी कुनै डर,
मेट्नु छ मनका इच्छा र रहर।

रमिते डाँडैमा हावा चल्यो सरर,
मायालुलाई सम्झी ल्याउँदा मनै ‘हरर’।

यूकेमा कहाँ देख्न पाउनु पीपलु र बर?
बरलाई सधैँ पीपलसँग भेट हुने रहर!
सरर हावा चल्ने यो रमिते डाँडैमा,
हेरौँला फार्नबरो एयरपोर्ट बसेर आडैमा।

डेनमार्क स्क्वाएरमा हावा चल्यो सरर,
मायालुलाई सम्झी ल्याउँदा मनै ‘हरर’

अल्डरसट सहर राम्रोसँग देखिने,
१९७० देखि २०२५ सम्म चिनेका साथीहरू,
कहाँ छन् होलान्, कहिँकतै नभेटिने?
कता छन् होलान् ती ‘वेबर्न पब’मा भेटिने परीहरू?
ताजै छ अझैसम्म ती सम्झनाहरू

वेबर्न पबमा हावा चल्यो सरर,
मायालुलाई सम्झी ल्याउँदा मनै ‘हरर’

पहिलो पटक आएको थिएँ रमिते डाँडा, १९७६ सालैमा,
अहिले फेरि आएँ २०२५ सालैमा
पचास वर्षअघि र अहिलेको डाँडा उस्तै छ, हावा सरर,
समय भएमा आउनुहोस् है साथीहरू, शीतल ताप्नु ‘हरर’

रमिते डाँडैमा हावा चल्यो सरर,
मायालुलाई सम्झी ल्याउँदा मनै ‘हरर’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!