नेपाल पुन मगर समाजको १० औं वार्षिक साधारण सभा

SHARE:

मेजन पुन मगर – कास्की।

फोटो: देव चोचाङ्गी – नेपाल।

नेपाल पुन मगर समाज केन्द्रीय समितिको १० औं वार्षिक साधारणसभा विविध कार्यक्रम सहित बुधबार सम्पन्न भयो । समाजको वडा समिति पोखरा–३२ तल्लो गगनगौंडा (खेलमैदान) मा आयोजित समारोहको प्रमुख अतिथि पूर्व मन्त्री उत्तमबहादुर पुन मगरले उद्घाटन गर्नु भयो । उनले समाजलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने बताए । नेपाल मगर संघको संरक्षक समेत रहेका उनले मगरहरु राष्ट्रप्रति वफादार हुनुपर्ने बताएका थिए ।

संस्थाका अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा पुन मगर समाज युकेका अध्यक्ष बलबहादुर पुर्जा मगर, मगर खाम भाषा विज्ञ कर्णबहादुर बुढामगर, डा. प्रतिमा गर्बुजा पाइजा पुन मगर, प्रोफेसर डा. चिनबहादुर पुन मगर, संस्थाका अध्यक्ष हर्कबहादुर पुनमगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनमगर, डा. प्रतिमा गर्बुजा पाइजा पुन मगर, क्रिकेट खेलाडी विनिता पुन मगर, मगर खाम भाषा विज्ञ कर्णबहादुर बुढामगर र हास्यकलाकार खड्कबहादुर पुन मगरलाई सम्मान गरिएको थियो । उक्त अवसरमा पुख्र्यौली गीत, संगीत संरक्षण विभाग संयोजक टेकबहादुर पुन मगरद्धारा लिखित पुख्र्यौली गीत बारे लेखिएको पुस्तक ‘पुन मगरहरुको सोरठी तथा पुराना गीतहरु नामक पुस्तक विमोचन गरियो ।

कार्यक्रममा स्वागत वरिष्ठ संस्थाका उपाध्यक्ष लेखबहादुर फगामी पुन मगर र सञ्चालन महासचिव प्रतिमाया थजाली पुन मगरले गरेका थिए । कार्यक्रममा माछापुच्छे पुन मगर समाज, लामाचौर, ढुङ्गेपाटन, गगनगौडाका आमा समुहबाट साँस्कृतिक नृत्य प्रस्तुत भएको थियो भने प्रोत्साहन स्वरुप मगर भेषभुषा लगाएर आएका मध्येबाट पुरुषमा म्याग्दीका साजन चोचाङी पुन मगर र महिलाबाट ओखरेनीबाट पोखरा बस्नुहुने पारजीत पुर्जा पुन मगरलाई मायाको चिनो प्रदान गरिएको थियो ।

उक्त वार्षिक साधारणसभामा मगर संघ युकेका पुर्व वरिष्ठ उपाध्यक्ष तथा सल्लहाकार योग कुमार फगामी पुन मगरलगायत धेरै पुनमगर हरुको उपस्थिति रहेको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!