पाठशाला उपन्यासमाथि पोखरामा परिचर्चा, लेखक गुरुङलाई एक लाखको सम्मान

SHARE:

रोशनी गुरुङ
पोखरा । यसवर्षको मदन पुरस्कारका लागि छनोटमा पर्न सफल उपन्यास पाठशालामाथि पोखरामा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

गुरुङ साहित्यिक मञ्च नेपालको आयोजनामा गत कात्र्तिक १७ गते शनिबार लेकाली चुलोघरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रस्तोताका रुपमा रहेका प्राध्यापक, समालोचक तथा पत्रकार गुरुङ सुशान्तले पुस्तकका विभिन्न विषय तथा समग्रमा नेपाली साहित्य र गुरुङ साहित्यका विषयमा रहेर पुस्तकका लेखक तीर्थ गुरुङसँग बहस गरेका थिए । सो अवसरमा लेखक तीर्थ गुरुङले पाठशाला आफ्नो तर्फबाट नेपाली साहित्यमा एउटा निम्तो पत्रमात्रै भएको भन्दै आगामी उपन्यासमा अझै परिष्कृत भएर आउने बताए । कार्यक्रममा सहभागी डा.चन्द्रबहादुर गुरुङ, चीजकाजी गुरुङ, माया गुरुङ, रोशनी गुरुङ, प्रकाश बराललगायतले लेखकसँग पाठशालासँग सम्बन्धित विभिन्न प्रश्न गरेका थिए ।

यसैबीच गुरुङ साहित्यिक मञ्च नेपालले कार्यक्रमको अवसर पारेर लेखक तीर्थ गुरुङलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सम्मान पत्र, फेटा भाङ्ग्रा र फूलमालाले सम्मान गरेको छ ।

कार्यक्रमका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग प्राप्त रकममध्ये कार्यक्रमको खर्च कटाएर बचत भएको रकम लेखकलाई सम्मानस्वरुप प्रदान गरिएको मञ्चकी अध्यक्ष गौरी गुरुङले जानकारी दिइन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्राज्ञ कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले एउटा संस्थाले लेखकको सम्मानमा यति ठूलो रकम सहयोग गरेको नेपाली साहित्यमै पहिलो घटना भएको दाबी गरे । यस्तो सम्मानले लेखकलाई सधैं उर्जा मिलि रहने उनले बताए ।

कार्यक्रम सम्पन्न गर्न तमुधिं युके परिवारबाट १५ हजार आर्थिक सहयोग प्राप्त भएको थियो भने मञ्चका प्रमुख सल्लाहकार तथा धरतीमा जून र मनका तरङ्गहरु पुस्तकका लेखक एकेन्द्र गुरुङबाट १० हजार, रामबजार सोसाइटी युकेका अध्यक्ष एवं मञ्चका आजीवन सदस्य जुमकाजी गुरुङबाट १० हजार, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङबाट १० हजार, उपाध्यक्ष हितकाजी गुरुङबाट १० हजार, निवर्तमान अध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे)बाट १० हजार, सल्लाहकारद्वय क्या.राजु गुरुङबाट १० हजार र श्री गुरुङबाट १० हजार, पूर्वमहासचिव हरि गुरुङबाट १० हजार, कोषाध्यक्ष दिपक गुरुङबाट १० हजार, वरिष्ठ फोटोग्राफर तथा गीतकार मिलन तमुबाट १० हजार, गोर्खा किचन युकेका सञ्चालक भीम गुरुङबाट १० हजार आर्थिक सहयोग प्राप्त भएको थियो ।

यस्तै इसानेस्वर क्याम्पस लमजुङका प्रमुख रमेशचन्द्र घिमिरेबाट ५ हजार, सरिता गुरुङ फाउन्डेसनका अध्यक्ष एवम् मञ्चका संस्थापक कार्य समितिका सदस्य हाल अमेरिका निवासी सरिता गुरुङबाट ११ हजार, समाजसेवी एवम् सामाजिक अभियन्ता लक्ष्मी गुरुङबाट ५ हजार, पूर्वी धरान स्थायी घर भई हाल बराइन निवासी कवि एवं मञ्चका आजीवन सदस्य चन्द्र गुरुङबाट ५ हजार, भुटानीज गुरुङ सोसाइटी अमेरिका अध्यक्ष एवं मञ्चका आजीवन सदस्य प्रदीपकुमार गुरुङबाट १० हजार, भारत सिलगुडी निवासी कवि तथा पत्रकार सुरज गुरुङबाट १० हजार, सारङ्गी न्युज डटकमबाट ५ हजार आर्थिक सहयोग प्राप्त भएको थियो ।

मञ्चकी अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन महासचिव रोशनी गुरुङले गरेकी थिइन् । कार्यक्रममा नेपाली तथा गुरुङ साहित्यलाई माया गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुको व्यापक सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!